नेकपा (एमाले)का संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा एमालेले वि.सं. २०५१ मा ९ महिना सरकार चलाएको थियो ।
अधिकारी नेतृत्वको तत्कालीन सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषका नाममा संयुक्त रजिस्टेसन पासलगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।
अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । उहाँको नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ ।
लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा मृत्यु भएको थियो।dainiknepal