रवि लामिछाने गृहमन्त्री तथा विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त …प्रचण्डले दिए सपथ

0
SHARES
17
VIEWS

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री दाहालले सपथ ग्रहण गरेका हुन् । उनले पहिलो चरणमा तीन जना उपप्रधानमन्त्रीसहित आड सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भएका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्ने छन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार