चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन … थापा,पराजुली अर्याल , कार्की दलको नेताको प्रमुख दाबेदार

0
SHARES
14
VIEWS

सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो ।

कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार छन् । हिमाल कार्की पनि दलको नेताको आकाक्षी हुन् । सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो ।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ । प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद छन् ।

कसको पल्ला भारी ?

२९ सदस्यीय संसदीय दलमा अमृत अर्याल दलको नेताको प्रमुख दाबेदार हुन् । संस्थापन पक्षका उनी दुई कार्यकाल केन्द्रीय सदस्य बनिसकेका छन् ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचित उनी यो पटक सभापति शेरबहादुर देउवासँगको सल्लाहमा मुख्यमन्त्री बन्ने उदेश्यसहित प्रदेशमा आएका थिए ।

तर कांग्रेस माओवादी गठबन्धन टुटेपछि कांग्रेस प्रतिपक्षमा बस्नेछ ।सभापति शेरबहादुर देउवा समूहमा अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना छन् । दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित कार्कीले पनि यसअघि दलको नेतामा आकांक्षा राखेका थिए ।

संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षबाट भीम पराजुली र उद्धव थापाले दाबी गरेका छन् । डा. शेखर कोइराला पक्षबाट केदार कार्की दाबेदार छन् ।

दुई कार्यकाल नेपाली कांग्रेस झापाको सभापति भएका थापा १४ औं महाधिवेशनबाट गुरुराज घिमिरेलाई पराजित गर्दै प्रदेश १ सभापतिमा निर्वाचित भएका थिए । उनी समानुपातिक पद्धतिमार्फत सांसद बनेका थिए ।

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली १३ औं अधिवेशनबाट विराटनगरको नगर सभापति निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भए । थापा पराजुलीसहित सिटौला समूहमा ९ जना छन् ।

प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित केदार कार्की कोइराला पक्षबाट प्रमुख दाबेदार हुन् । उनी वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बुसहित ९ जना डा. कोइराला पक्षका छन् onlinekhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार