फागुनमा थपिए २२ अर्ब लगानीका २२ उद्योग

0
SHARES
0
VIEWS

काठमाडौं । एक महिनामा २२ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार फागुन महिनामा २२ अर्ब ८९ करोड २५ लाख रुपैयाँ लगानीमा २२ वटा उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा १५७ वटा उद्योग दर्ता भएका थिए । यससँगै फागुन महिनामा मात्र १३ जिल्लामा साना ठुला र मझौला गरी २२ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा फुड इन्डष्ट्रिज देखि हाइड्रोपावरसम्म रहेका छन् ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उद्योग काठमाडौंमा रहेका छन् । काठमाडौंमा फागुन महिनामा ६ वटा उद्योग दर्ता भएका छन् । जसमा ५० करोड रुपैयाँ लगानीमा एचटिटि पुल नेपाल प्रालि, ११ करोड ७५ लाख रुपैयाँ लगानीमा नेपाल सेक्रेटरिएट अफ स्कील्स एण्ड टे«निङ र १५ करोड रुपैयाँ लगानीमा जे एफ सी नेपाल प्रालि रहेका छन् ।

त्यस्तै सोही अवधिमा काठमाडौंमा दर्ता भएका उद्योगमा ५ करोड रुपैयाँ लगानीमा नेपाल सिचुवान जुन्सु कन्ट्रक्सन प्रालि, १० करोड रुपैयाँ लगानीमा साउथ एसिया इन्टरनेट टेक्नोलोजी कम्पनी र १ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ लगानीमा दि मेट्रोपोलिटन होटल प्रालि रहेका छन् ।

त्यस्तै, रुपन्देहीमा १७ करोड रुपैयाँ लगानीमा अपुर्व गेमिङ जोन प्रालि र ३२ करोड रुपैयाँ लगानीमा क्लासिक फुड इन्टष्ट्रिज प्रालि रहेका छन् । विभागका अनुसार पाल्पामा ७३ करोड रुपैयाँ लगानीमा सत्यवती दर्शन प्रालि, भक्तपुरमा ५ अर्ब ५८ करोड ७६ लाख ५३ हजार रुपैयाँ लगानीमा चुम्बकीय प्रविधिबाट विद्युत्त उत्पादन गर्ने मेसिन, कास्मीमा ७५ करोड रुपैयाँ लगानीमा फेवा कन्ट्रक्सन खुलेका छन् ।

त्यसैगरी ललितपुरमा ५ करोड रुपैयाँ लगानीमा यस डि यस सफ्टवेयर डेभलपमेन्ट नेपाल प्रालि, नवलपरासीमा ३२ करोड रुपैयाँ लगानीमा गौतम बुद्ध केवल इन्डष्ट्रिज प्रालि, ताप्लेजुङमा ५ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ लगानीमा सूर्य होल्डिङ प्रालि र ३ अर्ब १२ करोड २७ लखा रुपैयाँ लगानीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (माथिल्लो काबेली जलविद्युत्त आयोजना) पर्सामा २४ करोड रुपैयाँ लगानीमा मोर नेचुरल फुड्स प्रालि र १५ करोड रुपैयाँ लगानीमा नमस्ते फ्लोर मिल प्रालि फागुन महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ ।

विभागका अनुसार दर्ता भएका अन्य उद्योगहरुमा बारामा ६० करोड रुपैयाँ लगानीमा सगरमाथा आल्मुनियम इण्डष्ट्रिज प्रालि र ३० करोड रुपैयाँ लगानीमा स्यार्सेकाली ट्रेड एण्ड मल्टीसर्भिसेज प्रालि,  गोर्खामा ९३ करोड ९१ लाख रुपैयाँ लगानीमा बुढीगण्डकी हाइड्रोपावर प्रालि, रुकुममा ५६ करोड १० लाख ४२ हजार रुपैयाँ लगानीमा स्यार्पु पावर कम्पनी र कपिलवस्तुमा ९५ करोड ८५ लाख रुपैयाँ लगानीमा पोजेटिभ इनर्जी प्रालि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार