हाम्रो नेपाल सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन…अध्यक्ष भवानी दंगाल

0
SHARES
7
VIEWS

बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा आज सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको सकारात्मक प्रयासबाट सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको बुधबार अपरान्ह ३ देखि ५ बजेको समयमा संस्थाको सबै पदहरुमा आवश्यकता अनुसारको संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले बताएका छन् ।

अध्यक्ष भवानीप्रसाद दंगाल

उम्मेदवार माथि दावी विरोध एवम् मनोनयन फिर्ताको समयमा कुनै कार्य नभएपछि स्वतः सर्वसम्मत भएको संयोजक दाहाल बताउँछन् । जसअनुसार अध्यक्षमा स्थापनाकाल देखिकै अध्यक्ष भवानीप्रसाद दंगालको मात्र उम्मेदवारी परेको थियो । पुनः ४ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका दंगाल झापा जिल्ला सहकारी संघ र प्रदेश १ सहकारी संघको सचिव पनि हुन् ।

यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र गौतम चयन भएका छन्, पत्रकारिता पेसामा लामो समय सक्रिया उनी विगतमा सञ्चालक सदस्य थिए । सचिवमा विश्वेश्वरप्रसाद लामिछानेले निरन्तरता पाएका छन् ।

संस्थाको सञ्चालक समितिका सदस्यहरुमा कविता बुढाथोकी, कृष्णप्रसाद पोखरेल, सशिता राई, प्रतिमा कार्की, तुलसीराम गौतम र भगिरथ आले चयन भएका छन् । आले विगतमा संस्थाको सल्लाहकार संयोजक थिए ।

यसैगरी लेखा सुपरीवेक्षण समितिमा सबै पुरानै अनुहार दोहोरिएका छन् । संयोजकमा कृष्णराज कटुवाल तथा सदस्यहरुमा पुजनकुमारी आचार्य र सोमनाथ नेपालले पुनः चार वर्षलाई निरन्तरता पाएका हुन् । चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका अनुहारहरु लगभग सबै पहिलेदेखि जिम्मेवारीमा रहेकाहरु पाइएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि संस्थाले बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल संयोजक तथा गुणनिधि लुइँटेल र रमेशप्रसाद गुरागाईं सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नामावली यही पुस २३ गते शनिबार बिर्तामोडमा सम्पन्न हुने १०औं वार्षिक साधारणसभाको माइन्युट प्रमाणित भेलामा घोषणा गरी सपथग्रहण गराइने निर्वाचन समितिका संयोजक दाहालले बताएका छन्sajhamanchabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार