बीरता लेडी जेसीजको पद हस्तान्तरण सम्पन्न

0
SHARES
21
VIEWS

झापाको बिर्तामोडमा रहेको बीरता लेडी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ ।
वर्ष २०२३ का लागि संगीता गिरीलाई जेसीज चेन पहि¥याउँदै पद हस्तान्तरण भएको हो ।
वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल सहित पूर्व अध्यक्षहरु र सन् २०२२ कि अध्यक्ष संगीता चिमरियाले जेसीज चेन संयुक्त रुपमा गिरीलाई पहि¥याएका थिए ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पद हस्तान्तरण भएको हो ।

पदस्थापन समारोहमा स्वागत मेनुका ओलीले गरेकी थिइन् । जेसीजको आस्था वाचन प्रियङ्का उप्रेती र मिसन भिजन सेलिषा उप्रेतीले गरेका थिए ।

यसैबीच पदभार ग्रहण गरेसंगै अध्यक्ष गिरीले महासचिवमा निशा शाक्य, कानूनी सल्लाहकारमा युनिता दवाडी र कोषाध्यक्षमा सुमित्रा भट्टराईलाई मनोनयन गरेकी छिन् ।

पदस्थापन कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले स्थापना गरेको यज्ञ तिर्थ अवर्ड कृपा पौडेललाई प्रदान गरिएको थियो । जेसीज अफ द एयर श्रेयसी चौधरीलाई प्रदान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय उपाध्यक्षमा निर्वाचित स्वस्तिका आचार्यलाई वधाई सहित सम्मान गरिएको थियो भने नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।

यता मानार्थ सदस्य सम्मान विनिता तामाङलाई प्रदान गरियो भने पत्रकारिता पुरस्कार तुलसी प्रसाद निरौलाालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल , प्रहरी उपरीक्षक दुर्गा रेग्मी, बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन वुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार