गोमेन्द्र बहुमुखी महाविद्दालयमा एम वि ए र एम सि ए लेभलको पढाइ शुरु

0
SHARES
50
VIEWS

विर्तामोडबाट सन्चालित गोमेन्द्र बहुमुखी महाविद्दालयले मेची अन्चलमा नै पहिलो पटक एम वि ए र एम सि ए लेभलको पढाइ शुरु हुने भएको छ ।

आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरि महाविद्दालयले यो शैक्षिक सत्रबाट विर्तामोडमा एम वि ए र एम सि ए को पढाइ शूरु गर्न लागेको बताएको हो ।

विद्दालयका प्रचार्य डाक्टर रुपक खनालले पत्रकार सम्मेलनमा आफुहरुले १८ वर्ष पहिले पनि २०६२ सालमा स्नातक तहको वि वि ए पढाइ शुरु गरेको जानकारी दिनुभएको हो ।

त्यो समयमा समेत मेची अन्चलमा नै पहिलो पटक आफुहरुले सम्वोधन पाएको र यो वर्ष पनि प्रदेश १ मा दोश्रो तथा मेची अन्चलमा पहिलो अध्यापन अनुमति आफुहरुले पाएको खनालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महाविद्दालयले ५ जना पि एच डि तथा एम फिल लेभलका प्राध्यापकहरुबाट अध्यापन गर्न लागिएको जानकारी दिएको छ ।पत्रकार सम्मेलन महाविद्दालयका सस्थाँपक अध्यक्ष गणेश खनालको अध्यक्षतामा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार