कन्काइ मा भएको भलिबल खेलको उद्घाटन मा दमक को सानदार जित

0
SHARES
19
VIEWS

\ झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिका विजयी बनेको छ।

सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेल दमक र भद्रपुर नगरपालिका विच भएको थियो । खेलमा दमकले २५÷१५, २७÷२५ र २८÷२६ को सोझो सेटमै भद्रपुरलाई हराँउदै खेलको विजेता बनेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए ।

नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलमा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।

माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् । विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ ।

सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँ लगायतले खेलको सफलताको कामना गरेका थिए । प्रतियोगिताको बुधबार हुने खेल बेलबारी र झापा गाउँपालिका विच हुने आयोजक समितिका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले बताए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको छ । प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट प्राप्त भएको छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेका छन् । जेसीजकी मुक्ता कार्कीले आस्था वाचन गरेको कार्यक्रममा खेल संयोजक प्रतापबाबु जमरकट्टेलले स्वागत गरेका थिए ।औपचारिक कार्यक्रमको संचालन सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले गरेका थिए ।राम निरौलाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार