बैंकको ब्याज, विभिन्न ऐन संसोधनका बिषयमा सभामुखको ध्यानाकर्षण

0
SHARES
7
VIEWS

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन कुमार श्रेष्ठको नेतृत्वमा विभिन्न बस्तुगत संघका अध्यक्षहरू सहितको टोलिले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
हालै सभामुख पदमा निर्वाचित घिमिरेलाई आज आइतबार कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना प्रदान गरेको हो ।
साथै महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बर्तमान आर्थिक तरलताको अभाब , बैंकको ब्याज, विभिन्न ऐन संसोधनका बिषयमा सभामुखको ध्यानाकर्षण समेत गराएका छन् ।
त्यस्तै महासंघका केन्द्रिय सदस्य मनिषलाल प्रधानले निर्यात लगायत विभिन्न बस्तुगत क्षेत्रमा उद्यमी ब्यवसायीले भोग्नु परेको कठिनाईको बिषयमा अबगत गराएका थिए ।
त्यस्तै नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र अम्लिसोमा बङ्लादेशमा निर्यात गर्दा लाग्ने अधिक करको बारेमा सभामुखलाई अबगत गराउंदै समस्या समाधानकालागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्श एशोसिएसनका पुर्व अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरी, सौर्य उत्पादक संघका नि–बर्तमान अध्यक्ष इन्द्र खनाल, फ«ेड एण्ड फरवार्डसका अध्यक्ष मनोज अधिकारी, नेपाल महिला उद्यमी महासंघका बरिष्ठ उपाध्यक्ष शोमा ज्ञवाली लगायतले आ आफ्नो संघको तर्फबाट शुभकामना सहित आफ्ना क्षेत्रका समस्या राखेका थिए ।
साथै सभामुख घिमिरेले नेपालका ठुला ब्यवसायीक संस्थाले उठाएका सवालहरूलाई सम्बन्धित निकायहरूसंग समन्वय गर्ने र आफु उद्योगी व्यवसायीसंग बसेर छलफल गर्ने आश्वासन दिएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार