अर्पण शर्मा मन्जुल मेचे र दुर्गा काफ्लेलाइ सम्मान गर्दैछौ… बानिँया

0
SHARES
10
VIEWS

मेमोरी किङ अर्पण शर्मा सहित कृर्षि अभियानकर्मी मन्जुल मेचे र दुर्गा काफ्लेलाई सम्मान गर्ने भएको छ ।

लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ गते प्रतिभाहरुको सम्मान गर्ने जनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्ति अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ का असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।

सबै पुरस्कारको राशी ३१ हजार रुपैयाँ रहेको छ । प्रतिभाहरुलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिने बानियाँले बताए । पुरस्कार छनोट समितिले प्रतिभाहरुको छनोट गरेको प्रतिष्ठानका अध्यक्ष बानियाँले जानकारी दिए ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार