खेलकुद महासङ्घको उपसमितीको बैठक १५ गते बिराटनगर बस्दै

0
SHARES
5
VIEWS

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि गठित तयारी उपसमितिको बैठक बिराटनगरमा बस्ने भएको छ । यहि माघ १५ गते आईतबार व्यवस्थापन समितिको पहिलो बैठक बस्न लागेको संयोजक परशुराम बस्नेतले जानकारी दिनुभयो । संयोजक बस्नेतका अनुसार बैठकमा पाचैवटा जिल्लाका पार्टी अध्यक्ष, प्रदेशका अध्यक्ष, सचिव , ईन्चार्ज उपसमितिका सदस्यहरु सहभागि हुनेछन् । बैठकले १४ वटा उपसमितिलाई पुर्णता दिनुका साथै तोकिएको जिम्मेवारी पूरागर्नेतर्फ गम्भिर भएर लाग्न निर्देशन पनि दिने छ ।

नेपाल खेलकुद महासंघको यहि फागुन ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार