रबि लामिछानेको संसद पद खारेज

0
SHARES
11
VIEWS

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय गरेको छ । सर्वोच्चको निर्णयसँगै उनको मन्त्री पद पनि स्वत: खारेज भएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनस्प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो।

सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी ९प्रमुख जिल्ला अधिकारी० लाई नदिएको अदालतले ठहर गरेको छ ।

यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार