दमक लखनपुर भेट्रान क्लव को बिजयी शुरुवात

0
SHARES
8
VIEWS

तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टमा दमक लखनपुर भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई २-१ को गोल अन्तरले हराउँदै दमक लखनपुरले जित निकालेको हो ।

खेलको ३० औँ र ५९ औँ मिनेटमा वियजी टिमका डेनिम राईले गोल गरे भने धरानका लागि मदन राईले ६९ औँ मिनेटका एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच दुई गर्ने दमक लखनपुरका डेनिम भए । उनले नगद एक हजार पाँच सय पाए ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।झापाटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार