एपी वान टेलिभिजनका प्रदेश १ व्युरो प्रमुख न्यौपाने सम्मानित

0
SHARES
16
VIEWS

एपी वान टेलिभिजनका प्रदेश १ व्युरो प्रमुख सुब्रत न्यौपाने सम्मानित भएका छन् । झापाको बिर्तामोड–२ स्थित बीर अमरसिंह माध्यमिक विद्यालयले ६५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार सम्पादक न्यौपानेलाई सम्मान गरेको हो ।

नेपालको पहिलो एचडी च्यानल एपीवान टेलिभिजनको प्रादेशिक व्युरो कोर्डिनेटरको रुपमा कार्यरत न्यौपाने दुई दशकदेखि पत्रकारितामा त्रियाशील छन् ।

समपादक न्यौपानेलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदरस्वरुप सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की, नगर उपप्रमुख नगेन्द्रप्रसाद सङग्रौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेल लगायतले पत्रकार न्यौपानेलाई कदरपत्रसहित सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार