खाद्य प्राबिधिक बिषयक अन्तरक्रिया …लक्ष्मण श्रेष्ठको अध्यक्षतामा कमिटी गठन

0
SHARES
6
VIEWS

राजकुमार अ‍ोली
धरान ,२१ माघ
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघले धरान स्थित केन्द्रीय प्रबिधि क्याम्पसमा खाद्य वैज्ञानिक र खाद्य प्राबिधिक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डाक्टर अतुल उपाध्यायको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय प्रबिधि क्याम्पसका प्रोफेसर बसन्त कुमार राई, केन्द्रीय प्रबिधि क्याम्पसका सहप्राध्यापक बबिता अधिकारी, नारायणी च्याप्टरका अध्यक्ष तथा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत बिजय खनाल र राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा। रोमन कार्की लगाएतले शुभकामना दिदै आउने दिनमा अझ ससक्त भएर आफुहरुको भुमिका खोज्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रमको संचालन खाद्य प्राविधिक डाक्टर आलोक श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा पहिलो कार्यपत्र अध्यक्ष डाक्टर अतुल उपाध्यायले प्रस्तुत गर्नूभएको गर्दै नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य प्राबिधिक बिच सहकार्य गर्ने बुदां प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रोफेसर बसन्त राईले खाद्य प्राबिधिक तथा बैज्ञानिकहरु एक आपसमा सहकार्य गरेर खेर जाने खाद्य पदार्थको उचित सम्बर्धन गरेर खाद्य र पोषण सुरक्षामा टेवा पुराउनु पर्ने कुरा राख्दै आउने दिनमा, आउने समस्याका बारेमा एक भएर अघि बड्ने तयारी गर्नू पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा (प्राध्यापक बबिता अधिकारीले समुहगत भएर काम गर्दा आवाज ठुलो हुने र तेस्को प्रतिफल पनि राम्रो हुने कुरा गर्नु भएको थियो ।त्यस्तै नारायणी च्याप्टरका अध्यक्ष तथा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत बिजय खनालले नेफोस्टालाई माया ढंगले समय सापेक्ष बनाउदै लानुपर्ने कुरामा जोड दिनुभएको थियो । नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डाक्टर रोमन कार्कीले एकआपसमा सहकार्य गरेर इनोभेटिभ काम गर्नुपर्ने र सरकारले विध्यमान नीतिलाई परिमार्जन गरेर बाँझो रहेको खेतमा कृषि कार्यलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

खाद्य वैज्ञानिक तथा खाद्य प्राबिधिकहरु बिच सहकार्य गर्न सकिने बिभिन्न विकल्पहरु पहल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै समापन गरिएको उक्त कार्यक्रम पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ पुर्बांन्चल च्याप्टर गठन गरिएको छ । नेफोस्टा पुर्बांन्चल च्याप्टरका लागि लक्ष्मण श्रेष्ठको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।कमिटीको सचिवमा कविन्द्र भटटराइ ,कोषाध्यक्षमा संगेन रुमा राई, तथा सदस्यहरुमा अनन्त पौड्याल,तेज कार्की,दिनेश सुवेदी र सौरभ कोइराला रहेका छन ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठ लामो समयदेखि खाद्य उद्योग खाद्य प्राविधिक भइ सेवा प्रदान गर्दै आउनुभएको छ ।निर्बाचित अध्यक्षले पुर्बान्चलमा रहेका सम्पूर्ण खाद्य प्राबिधिकहरुलाई समेटेर खाद्य स्वच्छ, खाद्य तथा पोषण सुरक्षा र खाद्य प्राबिधिकहरुको समस्टिगत बिकाशमा अघि बढने तथा आउने दिनमा नेपालकै नमुना चेप्टर बनाउन योजनाको साथ तयारी गरिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार