१० मेघाबाट सौर्य उत्पादन परियोजना को काम शुरु

0
SHARES
25
VIEWS

आधारित विद्युत् उत्पादनको महत्वकांक्षी परियोजना सुरु भएको छ । झापा इनर्जी लिमिटेडले १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन परियोजनाको निर्माण कार्य सुरु गरेको हो ।

शिवसताक्षी नगरपालिका–४ सालमारामा सुरु भएको परियोजनाको लागत करिव ८० करोड रुपैयाँ छ । जनसहभागिता समेतका आधारमा निर्माण सुरु भएको परियोजनामा माछापुछ्रे र सिभिल बैकले वित्तिय साझेदारी गरिरहेका छन् ।

२१ विघामा फैलिएको परियोजना आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको काम भइरहेको झापा इनर्जीका प्रवन्ध सञ्चालक सुवास भट्टराईले बताए ।

‘चालु आर्थिक वर्षभित्र १० मेगावाट बिजुली उत्पादन गर्ने गरी निर्माणको प्रक्रिया अघि बढेको छ’, प्रवन्ध सञ्चालक भट्टराईले भने । परियोजनाको निर्माणका लागि वित्तिय स्रोत सुनिश्चित भइसकेकाले तोकिएको समयमा काम सम्पन्न हुने कम्पनीको विश्वास छ ।
दुई वित्तिय संस्थाले परियोजनाको ७५ प्रतिशत लागत व्यहोर्ने छन् । बाँकी २५ प्रतिशत संस्थापकहरुबाट जुटाइने छ । ‘परियोजनाका लागि चाहिने आवश्यक सामग्री निर्माणस्थलमा आउन थालिसकेको कम्पनीका सञ्चालक नारायण पोखरेलले बताए ।

परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुन्छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्नेछ । विद्युत् खरिद सम्झौता भइसकेकाले उत्पादित विद्युत् उपयोगिताका दृष्टिले कुनै समस्या नरहेको प्रवन्ध सञ्चालक भट्टराईले बताए ।

विद्युत् विकास विभागले गत वर्षको बैशाखमा झापा इनर्जीलाई सौर्य उर्जामा आधारित विद्युत् उत्पादनको अनुमति दिएको थियो । परियोजनाबाट उत्पादित बिजुली नजिकै रहेको बुलुचोक सवस्टेसनमा जोडिनेछ । त्यसका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरिसकेको छ ।

‘परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्राण्डका सोलार प्यानल तथा उपकरण जडान गरिन लागेको छ’, प्रवन्ध सञ्चालक भट्टराईले भने ।

२५ वर्षका लागि विद्युत् खरिद सम्झौता
नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २५ वर्षका लागि विद्युत् खरिद सम्झौता भएको छ । यसका आधारमा प्राधिकरणले २५ वर्षसम्म आयोजनाबाट उत्पादित बिजुली सात रुपैयाँ ३० पैसा प्रति युनिटका दरमा किन्नेछ ।

आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक आँकलन छ ।स्पिककर्नर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार