विध्यालयको बढदो जोखिम र फस्टाउदो नितीगत भष्टाचार,

0
SHARES
18
VIEWS

राजकुमार ओली ।
मेचीनगर ,

भौतिक सरँचनाको अनुगमन देखि निजी स्कुलको निगरानीमा कमि हुनुको कारण हाल धेरै विध्यालयमा क्षति पुग्ने गरेको पाइएको छ ।

त्यसको पछिल्लो उदाहरण मेचीनगर ७ स्थित आयाबारी चोकमा भएको बालबालिका सवार स्कुलवसको दुर्घटना पनि हो ।
माघ २६गते विहान इटटाभटटा चोकमा सन्चालनमा रहेको झापा पव्लिक स्कुलको बस विध्यार्थी लिएर आयाबारी पुगेको थियो बस राजमार्गबाट चियावगान तिर जाने सडकमा दुर्घटना हुन पुग्यो ।बसमा सवार ४१ जना विध्यार्थीहरुको हारगुहार भयो ।
सवै आत्तिए ,रुवावासी भयो। बस खाल्टामा झर्न थाल्यो ,बसको व्रेक नलागेको कारणले बस घुमाउदा खाल्टामा वस झर्न थालेपछि नजिकमा रहेका स्थानियवाही समेत आत्तिए ।धन्न बस खाल्टोमा झर्दा झर्दै सवै बालबालिकाहरु हाम फाल्न तथा झर्न सम्भव भयो ।
केही समय पछि स्थानियवासीले वडा अध्यक्ष प्रल्हाद मणि ओली तथा नगर प्रहरीलाइ खवर गर्न पुगे, टार्फीक प्रहरी ,नेपाल प्रहरीले डाइभर चालकलाइ नियन्त्रणमा लिएर मापासे चेक गरे,,वडा अध्यक्षलाइ समेत केही स्थानियबासीहरुले गाली गर्न थाले ,स्कुल वसको अनुगमन कस्ले गर्ने ?
पैसा खाएर बनाइएको ढल,पैनी,हेमपाइपको अनुगमन कस्ले गर्ने ?
पुराना भौीतक सरँचनाको अनुगमन गर्नुपर्छ कि पदैन ?

अनेक प्रश्न उठे ,दुर्घटना भएको कलर्भट भत्किएको लामो समय भएको थियो ।बालुवा हालेर सडकमा हिडन मिल्ने गरि मात्रै बनाइएको थियो ।स्थानिय अगुवा नारायण ओली भन्नुहुन्छ ,वर्षौ अघि बनाइएको कलर्भट भत्किएको र बनाउन बारम्वार अनुरोध गर्दा पनि सुुनुवाइ भएको छैन .
बाल बाल स्कुलमा सवार विध्यार्थी बचेकोमा स्कुल सन्चालक कमल भेटवालले खुसी व्यक्त गर्दै भन्नुभयो,ठुलो दशाबाट जोगिए ,

बडा अध्यक्ष ओलीले नगरपालिकाबाट जेसिभी झिकाएर फसेको वसको उद्दार त गर्नूभयो तर भत्किएको लामो समय भएको यस्ता भौतिक सरँचना मेचीनगरमा सयौँ छन ,पुर्न मर्मत गर्ने पैसाको अभाव छ वडा सँग ,नगरपालिका सँग माग त गरिएको छ ,हाल सवै निकायमा आर्थिक अभाव छ कसरी सम्भव होेला समस्यामा छौ ।यो समस्या हाल नेपाल भरि छ ।बालबालिकाको राम्रो गुणस्तर शिक्षामा अरव र खाडी मुलुक गएर कमाएको पैसाले निजी स्कुल पढाउदै गरेका अभिवावकहरुको चिन्ता लाइ सरकारले सुन्नुपर्छ कि पर्दैन ?
यो अर्काे विषय छ ।

अव सरकारले निजी स्कुलको अनुगमन ,शैक्षिक गुणस्तर मापन ,भौतिक सरँचनाको अनुगमन,निरीक्षण, तथा बन्न लागेको भौतिक सरँचनामा हुने नितिगत भष्टाचारालाइ गहिरोबाट अध्ययन गर्न जरुरी देखिएको छ । झापामा मात्रै विध्यालयको बस तथा भौतिक सरँचनाको कारण अरवौ रुपैया विदेशिएको छ ।तर त्यो विषयमा सरकारले गम्भिर भएर अध्ययन गरेको देखिदैन ,अर्का तिर जिनी विध्यालयले भौतिक सरँचनाको नाममा लिएको बैकको चर्काे मारमा निजी स्कुल परेका छन।
विध्यार्थी आर्कषण गर्ने नाममा बनाउनु परेको भौतिक सँरचनाले एकातिर निजी स्कुलको आर्थिक भार चुलिएको छ भने स्कुलले राज्यलाइ तिर्नुपर्ने घरबहाल कर समेतमा भष्टाचार गरेको उदाहरण धेरै देखिएको छ ।अवको दिनमा सरकारले निजी स्कुलको भौतिक सरँचनामा समेत कडाइ गर्दै करको दायरामा ल्याउनु पर्ने चुनौती थप भएको छ भने अर्कातिर १० प्रतिशत छात्रबृद्दिको नाममा दलका नेताका छोराछोरी तथा समाजका ध्नाड्य हरुको सन्तानलाइ दिएको सुविधा खोस्नु तथा गरिवीका रेखामुनि रहेको बालबालिकाको बास्तविकता बाहिर ल्याउनु पनि सरकारको जिम्मेवारी भित्र पर्छ ।

कम तलवमा बस चालकको खोजी गरिनु, सक्षम कामदारको अभाव,कम तलवमा काम गर्न सक्ने शिक्षकको खोजी, कर दायरामा आउदा हुने जोखिमबाट बच्ने निजी स्कुलले गर्ने बदमासी ,बैकको चर्काे व्याजदर, निजी प्रकाशनको मिलेमतोमा पुस्तकमा हुने नितीगत भष्टाचार,लगाएतका समस्याका बारेमा तिन तहका सरकारले गम्भिर भएर भुमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।अन्यथा सरकारी स्कुलका शैक्षिक गुणस्तरको कडा भाषणले मात्रै गुणस्तरमा व्यापक परिवर्तन गर्न सकिनेछैन ।किन केजरीवालमा कसरी शैक्षिक गुणस्तर सुर्धान सके ,खोजी गर्नू जरुरी छैन र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार