अखिलको नयां नेतृत्व शुरु

0
SHARES
3
VIEWS

काठमाडौं, ३ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ महाधिवेशन अन्तर्गत दोस्रो दिन बुधबार नयाँ नेतृत्व चयनको प्रक्रिया सुरू हुने भएको छ ।

अनेरास्ववियुले सहमतिबाट अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी गरेको छ । यदि सर्वसम्मत हुन नसके बुधबारबाटै निर्वाचन प्रकिया सुरु हुने बताइएको छ ।

सुनिता बराल नेतृत्व रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको छ ।

एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको नयाँ नेतृत्वको लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

महाधिवेशनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार