बुधवारे हटियामा १ अर्व को लगानीमा २ तल्ले पाकिंडं सहितको ६ तल्ले देवी भवन बनाउदै विर्तामोड

0
SHARES
6
VIEWS

राजकुमार ओली
विर्तामोड अतिक्रमणमा परेको विर्तामोडको विहीवारे हटिया बजारको टहरा विर्तामोड नगरपालिकाले खाली गर्ने ३५ दिने सुचना सार्वजनिक गरेको छ ।
आज बुधवार विर्तामोड नगरपालिकाले कृर्षि थोक बजार सगै जोडिएको विहीवारे हटिया बजारका सटर तथा टहरा खाली गर्नको लागि ३५ दिने सुचना टांस गरेको हो ।

उक्त जमिनमा १ अर्व रुपैयाको लगानीमा अत्याधुनिक २ तले पाकिंगं सहितको भवन बनाउन लागिएको हो ।६ तल्लाको कर्मशियल भवन सहितको १ विगाहा जमिनमा भवन बनाउन लागिएपछि स्थानियवासीहरु उत्साहित भएका छन भने टहरा बनाएर व्यावसाय गरिरहेको व्यावसायीहरु भने चिन्तित देखिएका छन ।
हाल उक्त १ विगाहा जमिनमा ७२ बटा पक्की सटर बनाइएर व्यावसाय गरिरहेका छन भने अन्य केही कच्ची टहरा बनाएर मासु पसल सन्चालन गरिहेको देखिन्छन ।
विगतमा समेत लामो विवादका विच उक्त जमिनमा अत्याधुनिक भवन बनाइने भए खाली गर्न सहयोग गर्ने सहमति भएपनि हाल भने व्यावसायहरुले भएको सटर भत्काइदा आफुुहरुलाइ सम्मान सहित व्यावास्थापन गरिनु पर्ने उनीहरु बताउँछन ।आफुहरु लामो समय देखि घर टहरा बनाएर व्यावसाय गरिरहेको भएपनि अत्याधुनिक भवन बनाइने खवरले उत्साहित भएको तर आफुहरु सँग कुनै सल्लाह नभएकोले अन्याय त हुने हो कि भनि केही मानिसहरु चिन्तित भएको पाइएको छ ।
उनीहरु आफुलाइ स सम्मान अर्काे व्यावस्था गर्न माग गर्दै नगरपालिका सँग सम्वाद गर्न चाहेको बताएका छन .
यो जमिनमा विगतमा समेत खाली गर्न विर्तामोड नगरपालिका लागि परेको थियो तर विर्तामोड उद्दोग बाणिज्य सघंले अर्काे व्यावस्था नभएसम्म व्यापारीहरुलाइ धरपकड गर्न र हटाउन नपाइने भन्दै आन्दोलन समेत गरेको थियो ।
विगतमा उक्त ७० वटा सटरमा विजुली अभाव भएको भन्दै उनीहरुले आन्दोलन समेत गरेका थिए ।
आज बाट विर्तामोड नगरपालिकाले उक्त जमिन खाली गर्न ३५ दिने सुचना टाँस गरिसकेको छ भने उक्त जमिनमा दाता देवी प्रसाइको नाममा देवी भवन बनाइने लागेको उपप्रमुख नगेन्द्र सग्रौलाले बताउनुभयो ।
उक्त १ विगाहा जमिनमा अण्डर ग्राउण्ड प्लोर र भुईतल्ला गरि दुइ बटा वेसमेन्ट पाकिंडं सहित ६ तल्लाको भवन बनाइन लागिएको हो ।आउने तिन वर्ष भित्रमा उक्त जमिनमा ६ तल्लाको अत्याधुनिक भवन बनाइने मेयर पवित्रा महतारा प्रसाईले जानकारी दिदै आउने दिनमा कृर्षि थोक व्याजारलाइ समेत सुविधा सम्पन्न बनाउने पहल शुरु गरिएको बताउनुभएको छ ।नगर विकास कोषको ८० प्रतिशत र विर्तामोड नगरपालिकाको २० प्रतिसत लगानीमा एक अर्व रुपैयाको देवी भवन बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार