आठराईमा लागेको आगो नियन्त्रण बाहिर ,१४ घर जले, प्रजिअ

0
SHARES
8
VIEWS

तेह्रथुममा हिजो दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लाको आठराई गाउँपालिका ६ हात्तीखर्कमा हिजोबाट शुरु भएको आगलागी अझै पनि पुर्ण रुपमा नियन्त्रणमा आउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम ले जानकारि दिनुभएको छ ।
उहाँका अनुसार आगलागीबाट १४ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् । सदरमुकामबाट ३ घण्टाको दुरीमा पर्ने वस्तीमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि छिमेकी जिल्ला पाँचथरको फिदिमबाट दमकल आएको भएपनि दमकलको खासै प्रयोग भएको छैन ।
“जंगलमा आगलागी भइरहेको छ, दमकल जाने ठाउँ छैन ।” उहाँले भन्नुभयो “दमकल जाने ठाउँ नभएका कारण प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुले नियन्त्रणको प्रयास गरिरहनुभएको छ ।”
आगलागीबाट कति क्षती भयो भन्ने यकिन तथ्यांक पनि प्राप्त भइ नसकेको उहाँले बताउनुभयो । “तथ्यांक घट्नास्थलमा हुनुहुने साथीहरुले संकलन गरिरहनुभएको छ, प्रमुख जिल्ला अधिकारी सहितको हाम्रो टोली घट्नास्थल तर्फ जाँदैछ ।” उहाँले भन्नुभयो ।
गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट हिजो दिउँसो सल्किएको डढेलो साँझ बस्तीमा पुगेको थियो ।बस्तीमा १४ घर जलेर नष्ट भएका छन् भने आगलागी नियन्त्रणमा आउन सकेको छैन ।सेतोपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार