किरियापुत्री भवन निर्माण गर्ने उद्धेश्यले फागुन २० गते धार्मिक अनुष्ठान आयोजना

0
SHARES
3
VIEWS

झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ ।

मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् ।

सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचन रहने अनुष्ठानका लागि पण्डाल निर्माण कार्य धमाधम भइरहेको छ । आयोजक समितिले सचिवालय समिति, विभिन्न उप–समिति र सल्लाहकार समिति गठन गरी प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको कार्यलाई तीब्रता दिएको छ । सामुदायिक भवन र किरियापुत्री भवन निर्माण गर्ने उद्धेश्यले धार्मिक अनुष्ठान आयोजना गरिएको जनाइएको छ ।

सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचन अघि फागुन २० गते विहान ९ बजेदेखि कलश यात्रासहितको नगर परिक्रमा गरिने तय भएको छ । अनुष्ठानको उद्घाटन फागुन २० गते सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गरिने पुराण आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार