एमालेले भन्यो, प्रचण्ड को सरकारलाइ समर्थन गर्न सकिदैन

0
SHARES
6
VIEWS

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते एमालेसँग गरेको सहमति विपरित क्रियाकलाप गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेबाट मन्त्री बनेकाहरुलाई हटाउने तथा विना विभागीय मन्त्री बनाउने षड्यन्त्र गरेपछि आफूहरुले बाहिरने निर्णय गरेको पनि पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार