झण्डीडांडाको आकाशमा प्याराग्लाइडिङ…स्थानियहरु आसाबादी

0
SHARES
5
VIEWS

इलामको पूर्वी आकाशमा प्याराग्लाइडिङले फन्को मा¥यो । प्राकृतिक सुन्दरताले भरिएको इलामको रोङ गाउँपालिकाको आकाशमाथि प्याराग्लाइडिङले फन्को मारेको हो ।

त्यतिबेला रोङको ६ नं वडा स्थित झन्डीडाँडाबाट झापाको मेचीनगरस्थित तिरिङसम्म प्याराग्लाइडिङको परिक्षण उडान पनि भयो । यहाँको पर्यटकिय सम्भावनाको प्रवद्र्धन गर्दै पालिकालाई प्रमुख पर्यटकिय क्षेत्रमा विकास गर्न गाउँपालिकाको सिफारीस र पर्यटन व्यवसायी रमेश अधिकारीको पहलमा प्याराग्लाइडिङ उडेको थियो ।

आकाशमा प्याराग्लाइडिङले फन्को मार्दा स्थानीय उत्साहित बने, पर्यटकिय सम्भावना बढ्ने अपेक्षा स्थानीयको थियो । साँच्चै पर्यटकिय सम्भावनाले भरिपुर्ण छ, यस रोङ गाउँपालिका । सोहि सम्भावनाको प्रवद्र्धन गर्दै स्थानीय नागरिकको जिवनस्तर उकास्न पालिका र पर्यटन व्यवसायीले ल्याएको यस योजनाको सबैतर्फ स्वागत भयो । तर परिक्षण उडान भएको १ बर्षभन्दा धेरै समय बितिसक्दा पनि आकाशमा प्याराग्लाइडिङ उडेको छैन ।

आकाशमा प्याराग्लाइडिङ उडाउने योजना नै कहाँ पुग्यो रु स्थानीय अन्योलमा छन् । यस विषयमा गाउँपालिकाका प्रमुख मनिकुमार स्याङ्बोसगँ बुझ्दा योजना दर्ता प्रक्रियामा छ । नागरिक उड्डयन प्राधिकरणमा दर्ता प्रक्रियामा रहेको आफुले जानकारी पाएको अध्यक्ष स्याङ्बोले सेतोपत्रसगँ बताउनुभयो ।

‘पालिकाले योजना सिफारीस गरेको हो, पर्यटन व्यवसायी रमेश अधिकारीले सञ्चालन गर्न लाग्नुभएको योजना हो यो ।’ उहाँले भन्नुभयो ‘दर्ता प्रक्रियामा रहेको जानकारी पाएको छु, उहाँले प्याराग्लाइडिङ उडानका लागि तयारी गरिरहनुभएको छ ।’

अध्यक्ष स्याङ्बोका अनुसार प्याराग्लाइडिङ उडानलाई लक्षित गरेर सलकपुरमा १० रोपनी जग्गा समेत व्यवसायी अधिकारीले किन्नुभएको छ । उक्त जग्गामा आवयश्यक होटल लगायतका पूर्वाधार निर्माण भइरहेको उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङको परिक्षण उडानका क्रममा वर्तमान वडाध्यक्ष रहनुभएका स्याङ्बोले परिक्षण उडान्ले स्थानीयमा उत्साह थपेको बताउनुभएको थियो । व्यवसायीक रुपमा प्याराग्लाइडिङ उड्ने हो भने उत्कृष्ट सम्भावना बोकेको क्षेत्र हो यो ।

यहाँबाट इलामको पहाड र झापाका फाँटहरू सुन्दर देखिन्छन् । इलामको कन्याम, फिक्कल, इलाम बजार, सलकपुर, पाथीभरा मन्दिर रोङको आकाशबाट नजिकै देख्न सकिन्छ भने झापाका विभिन्न क्षेत्रसगँै भारतको पश्चिम बंगाल, दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका दृष्य पनि यहाँबाट देख्न सकिन्छ ।सेतोपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार