दमकमा सञ्चालित नवौं फुड फेस्टिवल –२०७९ सम्पन्न

0
SHARES
3
VIEWS

दमकमा सञ्चालित नवौं फुड फेस्टिवल –२०७९ शुक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालकहरुले सबै ब्यवसायीहरुको साथ र सहयोग नहुँदा लक्ष अनुसार सफलता हाँसिल गर्न नसकेको गुनासोे गरेका छन् । होटल व्यवसायी संघ दमकको आयोजनामा ११ फागुनदेखि शुरु भएको फेस्टिबलको औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि होटल व्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजन दंगालले होटल ब्यवसायीका विभिन्न समस्या रहेपनि समस्या समाधानमा एकताको आवश्यकता रहेको बताए । संघका अध्यक्ष तथा समापन कार्यक्रमका सभापति योगराज दंगाल होटल सञ्चालकको जिम्मेवारी पाहुनालाई खुवाउने र सुताउनेमात्रै नभएको बताए । उनले दमकको पहिचान र पर्यटकीय विकासमा सहयोग पुग्ने उदेश्यले दमक फुड फेष्टिबल आयोजना गरिएको भएपनि सबैको साथ र सहयोग नपाएको गुनासो गरे । उनले कतिपय होटल सञ्चालकहरु नै र बस्तुगत तर्फका ब्यवसायीको उपश्थिति नै नहुनु दुखद भएको भन्दै थप सहकार्यको आवश्यकता रहेको बताए ।

फेस्टिबल समापनका अवसरमा फेस्टिवल सञ्चालनमा सहयोग पुरयाउने व्यवसायिक कम्पनी फर्म, स्टलका सञ्चालक तथा योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा होटल व्यवसायीहरुको हितमा योगदान दिएको भन्दै पत्रकार पकंज दाहाललाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो । संघका अध्यक्ष तथा समापन कार्यक्रमका सभापति योगराज दंगाल , प्रमुख अतिथि दंगाल , होटल व्यवसायी संघका सल्लाहकार ज्ञानबहादुर कार्कीले पत्रकार दाहाललाई नगद ५ हजार पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

फेस्टिबल अवधिभर मनोरञ्जनात्मक सांगितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै खाद्यन्नका विभिन्न परिकारहरुका स्टल राखिएको थियो । समापन कार्यक्रमका सञ्चालक तथा फेस्टिवल व्यवस्थापन समितिका संयोजक समेत रहेका महासंघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेले फेस्टिवल अवधिभरि करिव ५० हजार बढी दर्शकले अवलोकन गरेको बताए । कार्यक्रमको स्वागत उद्योग बाणिज्य संघकी सदस्य सकुन्तला कार्कीले गरेकी थिइन् onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार