आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच प्रतिस्पर्धा हुदैं

0
SHARES
4
VIEWS

झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारी विच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाकालागि यात्रा तय गरेका हुन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सह—आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ ।
प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भद्रपुरलाई पाखा लगाउदै जुनतारा फाइनलमा प्रवेश गरेको हो । त्यस अघि नै कनकाईले पारिजात महिला फुटबल क्लव सालबारीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको आयोजक समितिाका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिएकी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार , दोस्रो हुनेले नगद ५० हजार पुरस्कार साथै दुबै टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा हरेक दिनको प्लेयर अफ द म्याचको पुरस्कार नगद २ हजार कनकाई —३ निवासी उद्यमी,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट प्राप्त भएको बताइएको छ । प्रतियोगिताको समापनसँगै विधागत तर्फ उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोल कर्ता र प्लेयर अफ द सिरिज लाई जनही नगद ३ हजार प्रदान गरिने प्रतिष्ठानकी सचिव मान्ता खरेलले वताइन् ।कन्काइबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार