म ज्युंदो स्वास्नि मान्छे —अस्मिता भण्डारी

0
SHARES
10
VIEWS

म स्वास्नीमान्छे !!
म, आगाे पिएको मान्छे
आगाे सँग खेल्दै जिएकाे मान्छे
आगाेकाे भुंग्राेमा परेर
उठेका पाईतालाका फाेकाहरु बिशेक हुन नपाउँद‌ै
साेझै युद्धमा हाेमीएकाे मान्छे
म स्वास्नीमान्छे !!

समयले दिएका घाउ, चाेट र निलडाम सहित
छातीमा राँकाे बालेर
साँगुरो आली – आली र कान्लाहरु मध्यरातमा
छिचाेलेकाे मान्छे ……..
राँके भूतहरुलाई पछारेर , लडाएर
आगाेका मूर्छच्नासँग हाँस्दै जीतेकाे मान्छे ……
म , आगाे पिएको मान्छे !!
म स्वास्नीमान्छे !!

चिन्नेहरु विभिन्न उपमाहरु दिन्छन्
‘उग्रचण्डी’ ,” रणचण्डी”” महाकाली ” जगाउदै
अनेक असुरहरुका बिरुद्ध चुनाैतीकाे पहाड बनेर उभिएको
न्यायकाे पुल्ठाे बाल्दै चट्टान झै …म,
परिस्थितिका पहरा फाेरेर उदाएको मान्छे ……

म , तिम्रो क्यान्भासमा सजेकाे माेनालिसा हाेइन
तिम्रो कुचीकाे टुप्पोमा लत्पतिकाे रंग हाेइन ,
म ,कठाेर अग्नि अनि शिखा भएको मान्छे
हत्केलामा फाेका उठ्दा ” ऐया” नभनी धैर्य गर्दै
छातीमा गाेली थाप्न तयार भएको मान्छे …म,
पुर्खाकाे त्याग, बाबु बाजेको आर्दश
अनि , भाइबहिनीकाे खुशी बटुल्दै
हिडेकाे मान्छे , म आगाे पिएको मान्छे !!!
म स्वास्नीमान्छे !!

मान्छे – मान्छे बीचको
असमान पर्खालका बिरुद्ध
सधैं उभिएको मान्छे ……
राता-सेता सबै मानिसहरुकाे कठाेर भिडबाट जन्मिएर
समय र परिवर्तनकाे बिद्रोह बाँचेको मान्छे
म, परिवेशलाई चिनेर बाटाे हिडेकाे मान्छे
म, आगाे पिएको मान्छे !!!
युद्धमा हाेमीएकाे सिपाही जस्तै
दुश्मनकाे छातीमा निशाना ताकेर
आफ्नै टाउको बन्दकी राखेर
बिजयकाे सिंदुर पहिरने तागत भएको मान्छे
म आगाे पिएको मान्छे
धर्ती भएर जीएकाे मान्छे
सम्पूर्णतामा बाँच्न सक्ने ,
हाे ,म ज्यूँदाे स्वास्नीमान्छे !!
▪️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार