कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बिर्तामोडमा

0
SHARES
14
VIEWS

झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागीता जनाउने बताइएको छ ।

प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दितीयहुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगिताताले ३० हजार , दितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ ।

चार वर्षदेखि प्रदेश स्तरीय प्रतियोगिता झापामा गरिदै आएको र एक वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको आयोजक समितिका कार्कीले बताए । यो वर्ष पुरस्कारको राशि समेत वृद्धि गरिएको जनाइएको छ ।

प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा आयोजना गर्न लागिएको हो ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार