नेपाल लेखक सङ्घ झापाको अध्यक्ष मा भट्टराइ सर्वसम्मत

0
SHARES
13
VIEWS

नेपाली लेखक संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा आयोजित साहित्यकारहरुको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ ।
साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भेलाले सदस्यहरुमा दयानन्द गोस्वामी, वेणुप्रािदन अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपेन राई रहेका छन् ।
त्यसैगरी भेलाले नेपाली लेखक संघको कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।
भेलाले जिल्ला अध्यक्षसहित पाँचजना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा अध्यक्ष भट्टराई, रश्मिशेखर सुवेदी, लिला अनमोल, मिलनकुमार ढुङ्गाना र लेखनाथ पौड्याल (केशव) लाई चयन गरेको हो ।
लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने साहित्य तथा लेखकहरुको संस्था नेपाली लेखक संघ झापा गोपालकुमार बस्नेत नेतृत्वमा रहेको थियो ।जनाआन्दोलनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार