चतुरमान कवर्डहल निर्माण विषयक अख्तियार केसले, हल्दिवारीमा तनाव

0
SHARES
39
VIEWS

राजकुमार अ‍ोली
विर्तामोड
सरस्वती आधारभुत विध्यालयका पुर्व अध्यक्ष खगेन राजबंसीले आफुहरु गाँउपालिकाको विरुद्द अदालतमा जान बाध्य भएको बताउनुभएको छ ।
आज विर्तामोडमा पत्रकार सम्मेलन गरि पुर्व अध्यक्ष राजबसीलाइ अख्तियारमा मुद्दा हाल्न केही व्याक्तिलाइ उक्साएको र १सय २६जना अविभावकहरुको हस्ताक्षरलाइ वेवास्था गरेको विषयमा आफुहरु अन्यायमा परेको बताउनुभएको हो । भष्टाचारको विषयमा समाचार सार्वजनिक भएपछि पुर्व अध्यक्ष तथा वर्तमान सन्चालक सदस्य राजबंसीले आफ्नो मागलाइ वेवस्था गरिए हल्दिवारी गाँउपालिकाको शिक्षा ऐनको विरुद्दमा अदालत जाने पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

विगत २०७६ सालबाट हल्दिवारी २ को पाराखोपी बजारमा रहेको सरस्वती आधातरभुत विध्यालयको ७ विगाहा जमिनमा खेल मैदान ,द्दन्द्दकालमा वेपत्ता पारिएको स्थानिय चतुरमान राजबशंी कर्वडहल निर्माण र माछा पोखरीको विषयमा अख्तियारमा मुद्दा परेपछि हाल सवै कागजपत्र बरबुझारत गर्ने विषयमा स्कुल व्यावस्थापन पक्ष र गाँउपालिका पक्ष विच आरोप प्रत्यारोप चुलिएको परिस्थीती छ ।
गत २ महिला अघि मात्रै हल्दिवारीले शिक्षा ऐनमा टेकेर स्कुलका अध्यक्षमा इश्वोरी दाहाललाइ पठाएपछि विवाद चुलिएको हो ।तर विध्यालयका्े जमिनमा लिज वा सहमतिमा नलिइकन कवर्डहल र माछा पोखरी निर्माणको विषयमा तत्कालिनका अध्यक्ष रविन्द्र लिडंदेनले जवरजस्ती दवाव दिएर आर्थिक चलखेल गरेको तत्कालिन अनुगमन सयोंजक डम्वर गिरीले बताउनुभएको छ ।
हल्दिवारीका निर्वतमान उपाध्यक्ष समेत रहेका गिरीले तत्कालिन प्रसासकिय प्रमुख दमकका विजय इगंनामलाइ जवरजस्ती रकम निकासा गर्न लगाएको र आफुले प्रतिवाद गर्दा आफुलाइ नै विकास विरोधी बताएपछि उक्त विषयमा विगतमा समेत विवाद देखिएको बताउनुभएको छ ।

उक्त विषयमा अध्यक्ष रविन्द्र लिडंदेनसँग सम्पर्क गर्दा आफुहरुलाइ बदनाम गराउन खोजिएको र अहिले स्कुलको अध्यक्ष शिक्षा ऐन बमोजिम नै पठाइको जानकारी दिनुभएको छ ।
गत वर्षहरुमा पटक पटक गरि कर्वडहलमा ३८ लाख ,माछा पोखरी र खेल मैदानमा १० लाख लगानी गरिसकिएको र विचमा रुपैयाको फर फारक भएको हो कि होइन के भएको हो ,अख्तियारले पत्र काटेको विषयले पाराखोपी बजारमा नै आरोप प्रत्यारोप चुलिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार