क्याम्पसको चुनाव स्थगित

0
SHARES
17
VIEWS

। काँकरभिट्टा बहुमुखी क्याम्पसले अनेरास्ववियुका दुई जना विद्यार्थीलाई निलम्बनसहित स्वतन्त्र विदद्यार्थी युनियन (स्ववियू) को निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

आज काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराइएको हो ।

विद्यार्थी संगठनहरुबीच हिंस्रक झडप हुने सम्भावना बढेपछि काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियू चुनाव स्थगित गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

त्यस्तै क्याम्पसको शैक्षिक बाताबरण असहज बनाउने, शिक्षक एवम् कर्मचारीलाई अपमानजनक व्यवहार गर्ने, निर्वाचन सामाग्री च्यात्ने, क्याम्पसको बोर्ड जलाउने लगायतका गतिविधि गर्ने शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निणैय गरिएको उप्रेतीले बताए ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले अराजक गतिविधि गरेर अशान्ति र तनावपूर्ण वातावरण सिर्जना गरेको कारण चुनाव स्थगित गर्नुपरेको क्याम्पसले दावी गरेको छ ।

देशभरका क्याम्पसहरुमा त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियू चुनावको मिति तय गरेको थियो । क्याम्पस प्रमुख उप्रेतीले क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, त्रिवि प्रतिनिधि र प्राध्यापक समितिको आज बसेको संयुक्त बैठकले चुनाव स्थगित गर्नुपर्ने निर्णय गरेको बताए ।

केही दिन अघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले क्याम्पसको बोर्ड च्यातेर फ्याँकेका थिए । क्याम्पसमा चुनावको प्रक्रियालाई लिएर विभिन्न निहुँ झिक्दै एमाले अखिल र कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेतृत्वको गठबन्धन आपसमा विरोधमा उत्रिने गरेका छन् ।

अनेरास्ववियूका विद्यार्थीहरुले क्याम्पस प्रशासनले निर्वाचनको मुखैमा गलत प्रक्रियाबाट १२६ जना नयाँ विद्यार्थीहरु भर्ना गरेका विषयमा विरोध गरिएको बताएको छ ।

यता पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थीले चुनाव स्थगित नगर्न क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । उनीहरुले पत्रकार सम्मेलनको प्रेस विज्ञप्ती च्यातेका थिए । स्वावियु चुनाव नगरे क्याम्पस प्रमुखले राजीनामा दिनु पर्ने माग गरेका छन् ।मेचिनगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार