नयां बर्समा ५० हजार पर्यटक भित्राउदै चेप्टी

0
SHARES
5
VIEWS
    ईलामको माई नगरपालिका २ स्थित चेप्टीमा निर्माण भईरहेको “हेप्पी ड्रिम्स चेप्टी ” पर्यटकको रोजाइको पहिलो केन्द्रमा पर्ने गरेको छ ।
    चुरेको काखमा प्रसिद्ध तीर्थस्थल कनकाइको दोभानमा रहेको ‘ह्याप्पी ड्रिम्स ’ पार्क निर्माण भएसँगै पछिल्लो समय पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको हो । करोडौको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीमा स्वदेश तथा विदेशबाट हाल दैनिक सयौको सङ्ख्यामा आन्तरिक तथा बाह्रय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।
    पर्यटन प्रर्वद्धनको उदेश्य राखी सञ्चालनमा आएको पार्कमाले आगमी नयाँ वर्ष २०८० सालका सुरुवातमा पर्यटक हरुलाई लक्षित गर्दै विशेष भम्रण वर्ष को रुपमा स्वागत गर्ने तयारीमा रहेको पार्कका संचालक पर्यटन व्याबसायी दिनेश शिवाकोटीले बताउँनु भयो ।

    े पार्कको ७० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ । अठाईसय रोपनी क्षेत्रफलमा फैलिएको हेप्पी ड्रिम्समा एक अर्वको लागत लाग्ने अनुमान गरीएको छ । पार्कमा हालसम्म ३२ करोड लगानी भइसकेको परियोजनाका सञ्चालक शिवाकोटी बताउँछन् । रमणीय स्वच्छ बताबारण, माई खेलाको किनार ,चुरे पहाड र झोलुङगे पुल का कारण आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न निश्चित देखिन्छ ।
    हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन,लगायतका संरचनाहरु बनाईएको छ । आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको छ । मिराकल पार्कलाई समेत बिर्साउने पार्क निर्माण गर्ने अवधारणासहित आगामी दिनमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सुरु गरिएको सञ्चालक शिवाकोटी बताउँछन्

    कैयौं वर्षदेखि प्राकृतिक रुपमा सुन्दर भए पनि विकासको दृष्टिकोणबाट ‘दुर्गम स्थान’ जस्तो देखिने उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी परियोजना सुरु भएपछी स्थानीयहरुले विकासको अनुभूती गर्न पाएका छन् ।
    प्राकृतिक दृष्यसँगै कृत्रिम मनोरञ्जनलाई पनि महसुस गर्न सकिने ह्याप्पी ड्रिम दुई सय रोपनी क्षेत्रफलमा रहेको छ। कनकाई नदीको किनारमा रहेको सो स्थानमा झापा, मोरङ, सुनसरी लगायतका स्थानहरूबाट भ्रमणका लागि आउने गरेको स्थानीयहरु बताउँछन् । पिकनिक र शैक्षिक अललोकन भ्रमणका .लागि खासमा हाल यो स्थान देशमै प्रख्यात कहलिएको छ । .

    पुर्वपश्चिम राजमार्ग दुर्गापुर २४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा मोटरसाईकल, गाडीमा सहजै पुग्न सकिने र आफ्नै यातायातको साधन नहुनेहरुका लागि चेप्टीद्धारा आफ्नै निजि बस समेत संचालनमा ल्याइएको चेप्टीका संचालक दिनेश शिवाकोटीले बताउँनुभयो । चेप्टीमा चाडै केवुलकार र जिप लाईनको सेवा समेत सुचारुको योजना बनाइएको शिवाकोटीको भनाई छ ।
    जिप लाईन तत्कालै र केवलकारका लागि सम्भाव्य अध्यानको काम सुरु गरिसकिएको छ । चेप्टीले आफ्नै लगानीमा रिर्सोट समेत सुरु गरिसकेको र घुम्न लाउने जो कोहीले पनि कम्तीमा दुई दिनसम्म यस क्षेत्रमा रमाइलो गर्न पाउने संचालक शिवाकोटीको भनाई छ ।
    खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ निर्माणको अन्तिम चरणमा पुग्दा निक्कै लोभलाग्दो देखिएको छ । दुबईमा रहेको विश्वचर्चित मिराकल पार्कलाई बिर्साउनेगरी चेप्टीले आकार लिँदै गएको छ । माईखोलाकै किनार र चुरेको फेदीमा शिवाकोटीले निर्माण गरेका चेप्टीमा घुम्ने आउनेको संख्या थामिनसक्नुको छ । भव्य पार्कमा मन्त्रमुग्ध बनाउने दर्जनौँ स्थलहरु छन् ।

    माईखोलाको कलकल आवाज, चुरेको हरियालीको सुसाइले गर्दा ह्याप्पी ड्रिम्समा रात बिताउनेहरुलाई अझ बढी आनन्द मिल्नेछ ।निर्माणाधीन अवस्थामै रहेको पार्क क्षेत्रमा रात बिताउनका लागि रिसोर्ट शैलीका घरहरु बनिरहेका छन् । दिनभरि घुम्नका लागि पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकोप्टर, विभिन्न प्रकारका पिङ, सेल्फी डाँडा, घोडचडी, डेटिङ स्थल, नमुना हिमाललगायत स्थलहरु बनाइएको छ ।
    .माईखोला धार्मिक दृष्टिले पवित्र र पावन मानिने भएकाले चेप्टी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि हेर्न सकिने उनको बुझाइ छ । त्यस्तै, दोमुखाबाट हात्ती, घोडा, उँटको यात्रा गराएर चेप्टी पुर्याउने उनको दीर्घकालीन योजना छ ।अनुसन्धानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार