बिराटनगरमा गोलि चल्यो

0
SHARES
9
VIEWS

विराटनगरमा प्रहरीले गोली चलाएको छ ।

कोशी प्रदेश नामांकरणको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले गोली चलाएको हो । प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

प्रदेश नं १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।

उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार