ठुला दललाइ चुनौती दिदै मुक्ति पौडेलको सानदार छलाङ

0
SHARES
78
VIEWS

राजकुमार ओली
मेचीनगर ,६ चैत्र

नेपाली काग्रेसका बागी उमेदद्वार मुक्ति पौडेलले सानदार जित हासिल गरेका छन ।
आज झापाको मेचीनगरमा मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेलले नेपाली काग्रेसबाट उमेदद्वार बनेकी विना तामाङलाई फराकिलो मतान्तरले पछाडि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
अध्यक्षको उम्मेदद्वार तामाङलाई नेपाली काग्रेस ,नेकपाएमाले तथा माओबादीको सर्मथन रहेको थियो । उपाध्यक्ष पदमा नेकपाएमालेका बालकृष्ण थापा सर्वसम्मत भएको मेची सामुदायिक सेवा केन्द्रमा अध्यक्ष पद नेपाली काग्रेसका भागमा परेको थियो ।
नेपाली काग्रेसका सक्रिय कार्यकर्ता विना तामाङ र नेकपाएमालेबाट पार्टी परित्याग गरि नेपाली कागे्रसका महामन्त्री विश्वप्रकाश शर्माको हातबाट अविर लगाएर काग्रेसमा लागेको मुक्ति पौडेलले अध्यक्षमा उमेद्वारी दर्ता गराएपछि नेपाली काग्रेस भित्र विवाद समेत देखिएको थियो ।

मिना र मुक्ति दुवैले आफुहरु नेपाली काग्रेसका आधिकारिक अध्यक्ष पदका उमेद्वार भएको दावी गरेपछि नेपाली काग्रेस मेचीनगरका सभापति सुदय कुमार पनेरुले विज्ञप्ति नै प्रकाशित गरि आफुहरुको आधिकारिक उमेद्वार विना तामाङ भएको र मुक्तिलाइ मतदान नगर्न समेत लिखित पत्र नै सार्वजनिक गरिएको थियो ।

आज मगंलवार भएको निर्वाचनमा अर्का उमेद्वार पौडेलले आफु स्वतन्त्र उमेद्वार भएको भन्दै अन्तत एक्लै भोट मागेका थिए ।

अन्तत परिणामा सोचे भन्दा फरक भएर आएको छ ।काग्रेस ,एमाले र माओबादीको सम्युक्त उमेद्वार मिनालाइ फराकिलो मतान्तरले पौडेलले विजय हात पारेका छन ।

आज मगंलार भएको निर्वाचनमा पौडेलले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गरेकाछन ।

जनसंसद् दैनिकका सम्पादक समेत रहेका पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील हुनु पनि जितको लागि सवैको मन जितेको हो कि भन्ने अनुमान गरिएको छ ।

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार अध्यक्षमा बिजयी पौडेलले २२१ मत ल्याएका थिए भने उपबिजयी तामाङले ११९ मत प्राप्त गर्नूभएको छ ।

यसैगरी, सचिव पदमा अर्जुन राईले २ सय १० मत प्राप्त गरी विजयी भएकाछन । । उनको प्रतिष्पर्धी घनश्याम लामिछानेले १ सय ३२ मत प्राप्त गरेको निर्वाचन मण्डलले बताएको छ ।

केन्द्रको निर्वाचनमा ५सय १० मतदाता थिए । जसमध्ये ३४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो ।

महासचिव लगायतका अन्य पदमा सर्वसम्मत निर्वाचन भइसकेको छ । अध्यक्ष पदमा पौडेल र तामाङबीच प्रतिष्पर्धा हुँदा नेपाली कांग्रेस मेचीनगरले निक्कै रस्साकस्सीको विच तामाङलाई पार्टीको आधिकारिक उम्मेद्वार घोषणा गराएका थिए ।
भने अन्तत पौडेलले भने स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका हुन । तामाङलाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समेत समर्थन जनाएका थिए ।

सबै दल एकातिर उभिदा समेत स्वतन्त्र उम्मेद्वार पौडेलको जितलाई सामाजिक र राजनीतिक रुपमा ,अर्थपूर्ण रुपमा हेरिएको छ ।
आफ्नो आधिकारिक उमेद्वारलाइ हराएको तथा पार्टीको निर्देशनलाइ नमानेको भनिएका पौडेललाइ नेपाली काग्रेसले आउने दिनमा आफ्नो आधिकारिक उमेद्वार घोषणा गर्छ कि पार्टी निर्देशन अवज्ञा गरेका पौडेललाइ कार्वाही गर्छ ,त्यो भने हेर्न बाकीं नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार