मौसम परिबर्तन सगैं हावाहुरीको जोखिम बड्दो

0
SHARES
2
VIEWS

र्मी मौसम सुरु भएसँगै वर्षेनी हावाहुरी, आगलागी, चट्याङ्ग लगायतका जोखिमबाट मुलुकमा ठूलो जनधनको क्षति हुने गरेको छ ।

यसपटक पनि लामो समयसम्म पानी नपरेर खडेरी लागेको अवस्था छ भने विगतमा हुने गरेका यस्ता जोखिम दोहोरिइरहेका छन् । प्रत्येक वर्ष सुख्खा मौसम सुरु भएसँगै हावाहुरीका साथै आगलागी, वन डढेलो, चट्याङ लगायतका विपद्का घटनाबाट ठूलो क्षति हुने गरेको छ ।

फागुन महिनामा मात्रै पनि ३ सय ११ वटा आगलागीका घटना भए भने ५ वटा वन डढेलोका घटना भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गर्मी याममा हुने यस्ता जोखिम न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तयारी कस्तो छ त ?

प्राधिकरणले विपद्का घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू अबलम्बन गर्दै आएको भएपनि यस्ता घटनामा भने उल्लेख्य रुपमा कमी आउन सकेको देखिँदैन । विगतका घटनाहरूको अनुभवका आधारमा यसपटक विपद्का घटना न्यूनीकरणका लागि थप पूर्व तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

यसपटक झण्डै दुई हजार मिटर परसम्म रहेको पानीको स्रोतमा पाइप राखेर पानी तान्न सक्ने र त्यहाँबाट एक हजार पाँच सयदेखि दुई हजार मिटर परसम्म पानीको फोहरा हान्न सक्ने पोर्टेवल फायर फाइटिङ पम्प प्रयोगमा ल्याइएको छ ।
विगतमा आगलागी भइसकेपछि नियन्त्रणका लागि दमकल प्रयोग गर्ने गरिएकोमा दमकलमा पानी सकिएपछि के गर्ने भन्ने प्रश्न उठ्ने र सडक पुगेको ठाउँसम्म मात्रै दमकल पुग्ने भएकाले त्यसलाई मध्यनजर गर्दै यसपालि भने विगतमा भन्दा फरक किसिमले न्यूनीकरणका उपायहरू अबलम्बन गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो यसपटक झण्डै दुई हजार मिटर परसम्म रहेको पानीको स्रोतमा पाइप राखेर पानी तान्न सक्ने र त्यहाँबाट एक हजार पाँच सयदेखि दुई हजार मिटर परसम्म पानीको फोहरा हान्न सक्ने पोर्टेवल फायर फाइटिङ पम्प प्रयोगमा ल्याइएको छ । यो पम्प सडक नपुगेको स्थानसम्म पनि सजिलै बोकेर लैजान सकिन्छ । यी बाहेक पनि फायर फाइटिङका अन्य सामग्रीहरु पनि विगतका घटनाका आधारमा उच्च जोखिम, जोखिम र सामान्य जोखिम छुट्याएर वितरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीका घटना विशेषगरी स्थानीय तहको नजिकमा हुने भएकाले पूर्व तयारीका सम्बन्धमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने गरी काम गरिएको, त्यसैअनुसार न्यूनीकरणका सामग्री उपलब्ध गराइएको र आवश्यक परेमा अन्य थप तयारीका साथ उपस्थित रहेको पनि प्राधिकरणले जनाएको छ ।

विगतदेखि नै विपद्का घटना न्यूनीकरणका लागि विभिन्न पुर्वतयारी गर्दै आएको भएपनि यस्ता घटना न्यूनीकरण हुन नसकिरहेको सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदनका आधारमा नीति परिमार्जन गरिने पनि प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो “आगलागीका घटना किन हुन्छन् र यसमा यति धेरै लगानीका साथै सम्बन्धित सबै पक्ष लाग्दा पनि घटना किन न्यूनीकरण भइरहेको छैन भन्ने सन्दर्भमा प्राधिकरणले अध्ययन गरिरहेको र त्यसको प्रारम्भिक प्रतिवेदन आउने तयारी भएकाले त्यसका आधारमा अन्य थप न्यूनीकरणका उपाय अवलम्बन गरिनुका साथै आवश्यक परेमा नीति परिमार्जन गरिने छ ।”

विपद्का घटना मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकाले र जनचेतनाको अभावका कारण पनि कमी नआएको हुन सक्ने प्राधिकरणको अनुमान छ ।

गतवर्षको तुलनामा यस वर्षको अहिलेसम्मका विपद्का घटनामा खासै कमी नआएकोले यस्ता घटना न्यूनीकरण नहुनुमा के कस्ता कमी कमजोरी रहेको छ भन्ने विषयमा अध्ययनको प्रतिवेदन आएपछि आगामी दिनमा न्यूनीकरणका पुर्वतयारी, उपाय र नीति परिमार्जन समेत गरिने प्राधिकरणले जनाएको छ ।

यतिबेला हावाहुरी र आगलागीको मौसम भएकाले यसतर्फ सबैलाई आ–आफ्नो ठाउँबाट सचेत र सजग रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।रेडियोनेपालका लागि सरिता खनाललाइ बिसेस धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार