कोशि प्रदेशबाट माओबादि बाहिरिदैन -इन्द्र आङ्बो

0
SHARES
54
VIEWS

नेकपा माओवादी केन्द्र कोसी प्रदेश सरकारबाट नवाहिरिने उद्घोष गरेका छन् । नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदियदलका नेता इन्द्रबहादुर आङवोले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो उद्घोष गरेको हो ।
राष्ट्रपति र उपराष्ट्र पतिको निर्वाचनमा नेकपा माओवादी केन्द्र नेपाली कांग्रेस सहित सत्ता गठबन्धन दलका नेताहरु एकठाउँमा उभिएपनि कोसी प्रदेशमा सरकार गठनको पक्रिया जटिल रहेकोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिने माओवादी संसदिय दलले निर्णय गरेको दलका नेता आङवो बताए ।
कोसी प्रदेशमा नेकपा एमालेलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेस सहित सत्तागठबन्धन दलसँग मिलेर सरकार गठन गर्न नेकपा माओवादी केन्द्रको केन्द्रिय नेतृत्वले कुनै किसिमको चासो र जानकारी नलिएको अवस्थामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने आङवोले बताए ।

कोसी प्रदेशमा नेकपा एमाले संसदिय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा बहुमतको सरकार छ । ९२ सदस्य कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ । जसमध्ये नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरी ५९ सांसदको समर्थन कार्कीलाई छ ।
नेपाली कांग्रेसका २९ र नेकपा एकिकृत समाजवादीका ४ गरी ३३ सांसद विपक्षमा छ । माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य र दुर्गा प्रसाद चापागाईं मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागि छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका आफ्नै ज्वाई आचार्य कोसी प्रदेश सरकारमा पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाली रहेको छ । तेह्रथुमका चापागाईं भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।
माओवादी केन्द्रकै बाबुराम गौतम, कोसी प्रदेश सभामा सभामुखको भूमिकामा रहेका छन् । नेपाली कांग्रेस कोसी प्रदेश सभाका सांसदहरु अविलम्ब कोसी प्रदेश सभामा सरकार परिवर्तन हुनुपर्ने माँग राखेर काठमाडौंमा सत्तागठबन्ध दलका नेताहरुसंग भेटघाट गरेका छन् । तर नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदिय दलका नेता आङवोले कोसी प्रदेशमा पार्टीले नेकपा एमालेलाई दिएको समर्थन फिर्ता नलिने र एमाले संसदिय दलका नेता कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिने गरेको उद्घाषप्रति नेपाली कांग्रेसले असन्तुष्टी व्यक्त गरेको छ चिरफारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार