गुरु नारायण सग्रौलालाइ सम्झिदै केपी ओलीले भन्नुभयो, पोखरी माविलाइ नमुना स्कुल बनाउनुपर्छ

0
SHARES
14
VIEWS

राजकुमार ओली
विर्तामोड

आफ्नो बाल्यकालको शिक्षकका परिवार भेटेर पुर्व प्रधानमन्त्री केपी ओलीले पोखरी उच्च माविलाइ नेपालकै नमुना स्कुल बनाउन पुर्व विध्यार्थी र शिक्षक लाग्न अनुरोध गर्नूभएको छ ।

पोखरी उच्च माविका विध्यार्थी केपी ओलीले आफुलाइ पढाउनु भएको शिक्षक नारायण सग्रौलाको बारेमा विर्तामोडमा छोरा देवी सग्रौलालाइ भेटेर चासो भन्नुभयो ,तपाइको वुवा ,मेरो सर र हामी सधै विध्यालय गुणस्तरमा चासो राखेका थियौ ,अव पनि छोराहरुले नारायण सरको समाजसेवालाइ निरन्तरता दिनुपर्छ । ।समाजसेवीमा ख्याति कमाएका पोखरी उच्च माविका शिक्षक नारायण सग्रौलाको परिवार हाल झापाको विर्तामोडमा वस्दै आउनुभएको छ ।

विर्तामोड स्थित हिमाल सागर पार्टी प्यालेस सन्चालन गरिरहेका देवी सग्रौला,प्रहरी अधिकृत भएर अवकाश भएपछि पार्टी प्यालेस व्यावसायमा आवद्द हुनुभएको हो ।
सग्रौलालाइ पुर्व प्रधानमन्त्री अ‍ोलीले हिमाल सागर पार्टी प्यालेसमा भेट गर्नुभएको हो ।
सग्रौला परिवार पहाडबाट बसाँइ सरेर झापाको शरणामति हुदै कन्काइ बाट विर्तामोडमा बस्दै आएका छन ।विगतमा समेत कन्काइ नगरपालिकामा वसोबास गरिरहदा ओलीले भेट गर्ने गरेको र आफुुले पढेको स्कुललाइ भौतिक तथा शैक्षिक सुधारमा चासो राख्ने गरेको सग्रौलाले पुर्वखवर अनलाइनलाइ बताउनुभएकोछ ।

शुक्रवारको भेटमा समेत पोखरी उच्च माविलाइ आफ्नो शिक्षकको योगदानलाइ अझ ससक्त भुमिका देखिने गरि सेवा गर्न अनुरोध गरेका सग्रौलालाइ ओलीले पोखरी उच्च माविलाइ नेपालकै नमुना विध्यालय बनाउन सवैको साथ रहनुपर्ने केपी ओलीले बताउनुभएको देवी सग्रौलाले जानकारी दिनुभएको छ । स्वर्गिय नारायण सग्रौलाको नाममा हाल पोखरी उच्च मावि लगाएतका विध्यालयमा छात्रबृद्दि समेत सन्चालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार