तक्षशीला फाउन्डेसनले क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने

0
SHARES
12
VIEWS

https://youtu.be/VFTdIMrSjH4 झापाको बिर्तामोड ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ ।

शनिबार विद्यालयमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिनुभएको हो ।

कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा।अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि रोशन राठीबीच क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर भएको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तक्षशीला र क्याम्ब्रिजबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

क्याम्ब्रिज अंग्रेजी कोर्स अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त कोर्स हो । विद्यालयको शैक्षिक गुणस्तरमा फड्को मार्दै तक्षशीलाले यो ऐतिहासिक सफलता हात पारेको हो । पूर्वी नेपालमा क्याम्ब्रिजको कोर्स अध्यापन गराउने विद्यालयमा तक्षशीला पहिलो भएको बताइएको छ ।विर्तामोड बजार पुर्व हर्कलाल मार्गमा ४० कठठा जमिनमा सुविधा सम्पन्न भवनमा तक्षशिलाले करिव २सय २० जना विध्यार्थीलाइ पठनपाठन गरारहेको छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।sabdapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार