महासघंको उपाध्यक्षको उमेदद्वार हेमराज ढकाललाइ गरे एक दर्जन बस्तुगत सघंले सर्मथन

0
SHARES
18
VIEWS

आसन्न चैत्र २८गते हुन गइरहेको नेपाल उद्दोग बाणिज्य महासघंको उपाध्यक्ष पदमा उमेद्वारी दिएका झापाका हेमराज ढकाललाइ एक दर्जन बस्तुगत सघंले सर्मथन जनाएका छन ।
आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरि आउने २८गते देखि हुने महाधिवेसनमा उपाध्यक्ष पदमा उम्ेद्वारी दिन लाग्नुभएका ढकाललाइ भेनियर ,अलैची,प्लाइ,कुचो ,सुपारी,लगाएतका बस्तुगत सघंले एकबद्दता जनाउदै साथ दिने बताएका हुन ।
आज गरिएको पत्रकार सम्मेलनमा महासघंकाकेन्द्रिय सदस्य उमेश डालमिया,नेपाल अलैची व्यावसायी महासघंका अध्यक्ष निर्मल भटटराइ ,नेपाल भेनियर उत्पादक सघंका केन्द्रिय अध्यक्ष दिपक पाण्डे ,नेपाल चिया उत्पादक सघंका अध्यक्ष मित्तल,नेपाल कुचो उत्पादक सघका अध्यक्ष टोम राजबशीं लगाएतले हेमराज ढकाल पुर्वकै एक स्थापिन व्यावसायी भएकोले आफुहरुले साथ दिएको बताउनुभएको हो ा।
निजी आर्थिक क्षेत्रको गौरवशाली संगठन, आम उद्योगी–व्यवसायीहरुको सस्थां नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम यही २०७९ चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको छ । मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था एवम् नेपालमा उत्पादित कृषिजन्यलगायतका वस्तु तथा सेवा निर्यातको निराशाजनक अवस्थाका बीच हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन यतिबेला राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमै पनि चासो, चर्चा र महत्वको विषय बन्ने गरेको छ । आर्थिक रुपमा देश विषम परिस्थितिमा रहेको बेला हुन लागेको महासंघको यसपटकको यो महाधिवेशन, यो निर्वाचन अझ महत्वपूर्ण बनेको देखिएको हो ।त्रिपक्षिय भिडन्त हुन सक्ने अनुमान गरिएको यो महाधिवेसनमा धेरैको चासोको विषय समेत बनेको हो । आज भएको पत्रकार सम्मेलनमा भनिएको छ ।

, महासंघको अबको नेतृत्वमा आम उद्योगी–व्यवसायी एवम् निर्यातजन्य कृषिवस्तु उत्पादन गर्ने किसानको पीर–मर्का र पीडा बुझ्ने, उद्योग–व्यवसाय क्षेत्रको संरक्षण एवम् सम्बद्र्धनमा बिना मोलाहिजा दत्तचित्त भएर लाग्ने एवम् उद्योगी–व्यवसायीको हितका लागि जस्तोसुकै प्रतिकूल परिस्थतिमा पनि साहसपूर्वक अग्रपंक्तिमा उभिनसक्ने प्रतिनिधिहरुको आसा सवै पक्षले राखेको पाइएको छ
यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा यस नेपाल चिया उत्पादक संघका पूर्व सचिव एवम् वर्तमान सदस्य, नेपाल उद्योग वाणिज्य महासंघको पनि वर्तमान केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापति श्री हेमराज ढकाललाई महासंघको उपाध्यक्ष (वस्तुगततर्फ) पदमा उम्मेद्वारीका लागि यस संघको कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको कुरा सगौरव जानकारी गराउन चाहन्छौं ।
झण्डै ३ दशकदेखि उद्योग–वाणिज्य एवम् विदेशी मुद्रा आर्जन गर्ने चिया, अलैंची, अदुवा, सुपारी, भेनियर, प्लाईउड, कुचो, रबरजस्ता कृषिजन्य वस्तुको आन्तरिक तथा निर्यात व्यापार प्रवद्र्धन, संरक्षण तथा यसमा आवद्ध किसान, व्यवसायी, निर्यातकर्ताहरुको समस्या समाधानमा पहल र पैरवी गर्दै आउनुभएका श्री हेमराज ढकाललाई महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उभ्याइरहँदा यो प्रस्ताव यस संघको मात्र नभई झापालगायत पूर्वी क्षेत्रमा स्थापना भएका सबै वस्तुगत संघहरुको पनि गौरवको विषय भएको यस संघको बुझाइ छ । मुख्य रुपमा निर्यातको प्रचुर संभावना भएका कृषिवस्तु एवम् कृषि क्षेत्रको सम्बद्र्धनलगायत साना तथा मझौला उद्योग–व्यवसाय र उद्योगी–व्यवसायीको पक्षमा उहाँले निर्वाह गर्दै आउनुभएको भूमिका प्रशंसनीय र उल्लेखनीय छ । झापा उद्योग वाणिज्य संघबाट सदस्यता लिई उद्योग–वाणिज्य क्षेत्रमा पदार्पणसँगै यस क्षेत्रको नेतृत्वमासमेत सदैव अब्बल रुपमा आफूलाई प्रमाणित गर्दै आउनुभएका झापा भद्रपुरका स्थायी वासिन्दा श्री ढकाल झापा उद्योग संघ र काठमाडौं उद्योग वाणिज्य संघको पनि विभिन्न पद र तहमा रहेर काम गरिसक्नुभएको छ भने विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाली अर्थतन्त्र, उद्योग–वाणिज्य क्षेत्र एवम् नेपालमा उत्पादन हुने सबैखाले वस्तु तथा सेवा अन्तर्राष्ट्रिय बजारीकरणका लागि उहाँले आफ्नो प्रस्तुतिका माध्यमबाट क्षमता दर्शाउँदै आउनुभएको छ ।
उद्योगी–व्यवसायी र किसानको पक्षमा उभिँदै साहसी एवम् निडर नेतृत्वको छाप छोड्न सफल उहाँको विजयले समग्र कृषि क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्ने कुरामा कुनै शंका छैन । साथै, यस संघबाट सिफारिस गरिनुभएका श्री हेमराज ढकाललाई झापामा रहेका सबै वस्तुगत संघहरुको पनि साथ र समर्थन रहेको यसै पत्रकार सम्मेलनमार्फत आम उद्योगी–व्यवसायीमा जानकारी गराउन चाहन्छौं ।
उहाँको संस्थाप्रतिको लगाव, समर्पण, क्रियाशीलता एवम् साहसी–स्वाभिमानी व्यवहारप्रति सम्मान दर्शाउँदै वस्तुगततर्फको कार्यकारिणी उपाध्यक्ष पदमा उहाँलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक मतले विजयी गराइदिनु हुन सम्पूर्ण वस्तुगत संघहरुमा हार्दिक अपिल पनि गर्दछौं । भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार