नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुँदै

0
SHARES
3
VIEWS

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ । काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्नु हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् । महासंघको ५७ औँ वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।

कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् ।

महासंघको पदाधिकारीमा एक अध्यक्ष, निर्वतमान अध्यक्ष, विशिष्ट सदस्य, एक वरिष्ठ उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, केन्द्रीय सदस्यमा एसोसिएटबाट १९, जिल्ला–नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य तथा हरेक प्रदेशबाट दुई/दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने रहने व्यवस्था छ ।uujalokhabar bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार