नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन हुनुभएको छ।
बाँकेको नेपालगञ्जमा चैत २७ गते देख जाारी संघको ९औं महाधिवेशनबाट थेवे अध्यक्षमा सर्वसम्मत ढंगले चयन हुनुभएकको हो । त्यतै संघको उपाधयक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेद, रमेश तिवारी, प्रकास गाौतम सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरुङ, राजन थापा रहनुभएको छ ।
सचिव र उपमहासचिव सरहका पदहरुलाई व्यवस्थापन गर्ने गरी सचिवमा विनय साह, खेम शर्मा, जय गुरुङ, मोविम आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्ण चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी रहनुभएको छ । आर्थिक विभाग प्रमुख राकेश राई रहनुभएको छ । त्यस्तै लेखा आयोगको प्रमुख सन्तोस चौलागाई, उपप्रमुखमा दिपेश खड्का, अनुसाशन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुख दिपेश खड्का र निर्वाचन आयोगको प्रमुख बलराम वेलवासे र उपप्रमुखमा बाबु छत्कुली चयन हुनुभएको छ ।अनलाइनबाट
Discussion about this post