बिर्तामोडबाट रकम लुटेर इलाम पुगेका लुटेरा पक्राउ

0
SHARES
156
VIEWS

जग्गा किन्नका लागि बैना रकम लिएर आएका दुईजनाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका छन् ।

बिहीवार (चैत ३०) गते विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएकी बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबार फरार भएका थिए ।

सस्तोमा जग्गा पाइएको छ आजै बैना गर्न आउनु भनेर उनीहरूलाई झापाको कमल गाउपालिका-५ बस्ने बिजय राईले बोलाएका थिए । राई र जग्गा किन्ने विष्णुमाया सुवेदी एकै गाउँका चिनजानका व्यक्ति हुन् । विष्णुमायाले जग्गा बैना गर्नका लागि छिमेकी अनिल विश्वकर्मालाई साथमा लिएर उर्लाबारीबाट विर्तामोड आएकी थिइन् ।

राईले मोरङको बेलबारी नगरपालिका-६ घर भई झापाको मेचीनगर नगरपालिका-६ बस्ने वर्ष ५५ का रण बहादुर पोख्रेलसँग मिलेर उनीहरूलाई लुट्ने योजना बनाएका थिए । दुईजनाले मात्र लुटपाट गर्न नसकिने ठानेर राईले काठमाडौंमा रहेका राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएका थिए ।

चारजना मिलेर पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरीदकर्तालाई नव ज्योती होटलमा बोलाएर बैना कागज नै नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ नगद रकम लुटेर फरार भएका थिए । फरार भएकाहरूको खोजतलास गर्ने क्रममा दुईजना व्यक्तिहरू इलामबाट पक्राउ परेका छन् ।

रामेछापको देउराली गाउँपालिका-२ घर भई हाल भक्तपुर बस्ने वर्ष ३९ को राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ घर भई काठमाडौँको गर्जुधारा बस्ने वर्ष ५२ का जनक रेग्मी झापाबाट भागेर इलाम पुगेपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा इलाम नगरपालिका-७ पुरानो बसपार्कमा रहेको देउराली होटलमा लुकिछिपि बसेको अवस्थामा नगद रु १४ लाख ६५ हजारसहित श्रेष्ठ र रेग्मी आज दिउँसो पक्राउ परेका हुन् ।

त्यस्तै, अर्जुनधारा नगरपालिका-११ मा रहेको थापा होटल एण्ड लजको कोठा नं. १०१ मा लुकेर बसेका राई र पोखरेललाई पनि प्रहरीले आजै पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

लुटिएको ३२ लाख रकममध्ये उनीहरूको साथबाट २७ लाख ६५ हजार रकम बरामद भएको छ । बाँकी रहेको चार लाख ३५ हजार रकम उनीहरूले खर्च गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।ktmdainikbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार