सैनिक बजारमा प्रथम प्रदेश स्तरिय महिला गोल्डकप आयोजना गरिने

0
SHARES
2
VIEWS

झापाको विर्तामोड १० स्थित सैनिक बजारमा प्रथम प्रदेश स्तरिय महिला गोल्डकप आयोजना गरिने भएको छ ।
आज आइतवार विर्तामा्ड १० को वडा कार्यलय परिसरमा पत्रकार सम्मेलन आयोजना गरि प्रथम प्रदेश स्तरिय गोल्डकप आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

अल इवा बान क्लव सैनिक बजारले आयोजना गर्न लागेको गोल्डकप आउने बैशाख ९ गते बाट शुरु गरि १६ गते फाइनल खेल आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष कृष्ण योन्जनले बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा खेलका प्रशिक्षक भगिरथ आले मामाले प्रथम पुरस्कार २ लाख २ हजार र उपविजेतलाइ १लाख १ हजार राशिको पुरस्कार राखिएको बताउनुभएको छ ।

गोल्डकपमा आयोजक झापा सहित इलाम ,ताप्लेजुडं,मोरडं,सुनसरी ,धनकुटा,उदयपुर सहित सप्तरीको टिमले प्रतिस्पर्धा गर्न लागिएको विर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुडंले जानकारी दिनुभएको हो ।१४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको यो खेलमा विच समय आउनेबैशाख १५ गते महिला म्याराथुन आयोजना समेत गर्न लागिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार