मिटरब्याजि, को बिरुद्दमा बिप्लव नेत्रुत्वको जनसभा तथा बिरोध कार्यक्रमको तयारी

0
SHARES
36
VIEWS

बैंक, वित्तीय संस्था तथा मिटरब्याजीहरुले चर्को व्याज र शोषण गरिरहेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि बिर्तामोडमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार बिर्तामोडको मुक्तिचोक नजिकैको हनुमान कम्प्लेक्स अगाडि जनसभा गर्ने तयारी गरिएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका झापा जिल्ला इन्चार्ज प्रशान्त सी ले जानकारी दिए ।

सभालाई गोरखा जेलब्रेक गरेकी कमान्डर तथा पार्टीको स्थायी समिति सदस्य उमा भुजेल (शिलु) ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

झापामा भईरहेको भ्रष्टाचार, अनियमितता, कालोबजारी, ठगी, लागूऔषध कारोबार, यौन व्यवसाय, वैदेशिक हस्तक्षेप तथा सीमा अतिक्रमण आदि विषयहरु लगायत देश र जनता विरुद्ध हुने गतिविधिका विरुद्ध आम जनतालाई एक्यवद्धता भई संघर्षमा आउन समेत उक्त पार्टीले अपिल गरेको छ ।

वित्तीय संस्थाहरूले सर्वसाधारणलाई आर्थिक, मानसिक शोषण गर्दै आएको र त्यसमाथि मिटर ब्याजी साहुहरुले सर्वसाधारणहरूलाई उठिबास गराएको, वित्तिय क्षेत्रले जनतामा गरेको शोषण विरुद्ध संघर्षको उद्घोष गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जनसभामा झापाका सयौँ लघुवित्त, मिटर व्याज पीडितहरूको सहभागिता रहने जानकारी गराइएको छ ।

जनसभामा चार वटा जनवर्गीय संगठनहरू अखिल नेपाल क्रान्तिकारी युवा संगठन नेपाल, अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल क्रान्तिकारीको समेत प्रतिनिधित्व हुने र उक्त जवसहरुको जिल्ला सम्मेलन समेत हुने विज्ञप्तिमा उल्लेख छ ।मेचिनगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार