दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै

0
SHARES
7
VIEWS

झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ ।

वाग्लेका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने वाग्लेले जानकारी दिए ।

नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ ।

त्यस्तै, सबै विधाका खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।

प्रतियोगितामा कोसी प्रदेशसहित सातवटा प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताका लागि बोर्डले नगद २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।jhapatodaybata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार