संघलाई दबाब दिन एलायन्स गठन भएको हो … रामचन्द्र उप्रेती

0
SHARES
20
VIEWS

सहकारी समस्या समाधानका लागि सहकारीका संघसंस्थाले सहकारी अभियानले कतिपय बिषयमा आफूलाई सच्याएर समाधान गर्नुपर्ने र कतिपय बिषयमा संगठित भएर प्रतिवाद गर्नुपर्ने सहकारी अभियान्ता तथा एलायन्सका सदस्य रामचन्द्र उप्रेतीले बताए ।
‘सहकारीबाट लगेको ऋण मान्छेले नतिर्ने, आन्दोलन गर्ने, कर्मचारीलाई घरमा बोलाएर कालोमोसो दल्ने कुटेर पठाउने समस्या बढेको छ तर अभियान बोल्दैन, सहकारीका आठवटा संघ छन्, जिल्ला संघ छ, कोनी के छन् कोहि चुइँक्क बोल्दैन,’ उनले भने, ‘हामी सहकारी भित्रपनि बेतिथीहरुको चाङ छ, त्यसलाई सच्याउनु पर्छ, करेक्सन हुनुपर्छ, हामी सच्चिन्छौँ यो बेठिक हो । जजसले कमजोरी गरेका छौँ तिनीहरुले सच्याउने तिर लागौँ, यो यो काम गरौँ भन्ने हाम्रो कुरा आएन ।’

बचत संकलन नभएपछि ढिलो चाँडो सबै समस्यामा पर्न सक्छन् त्यो बेलामा सबै एक ठाउँमा उभिएर आवाज बोलौँ, सहकारीहरुले गलत गरेका छैनन्, लगानी भएको पैसा उठेको छैन तर त्यो डुब्दैन संस्थाले तिर्छ भनेर भन्न कोहि एक ठाउँमा नउभिएको उप्रेतीको गुनासो छ । उनले जुन दिन यो काम संघले गर्छ त्यो दिन एलायन्सको काम सकिने प्रष्ट्याए । एलायन्स लुज फोरमको रुपमा गठन भएको र जुनदिन वैधानिक रुपमा जिल्ला संघले ती काम गर्ने सामथ्र्य राख्छ त्यो दिन यसको काम नहुने उप्रेतीले बताए ।

साना सहकारीहरुलाई एलायन्समा किन सामेल नगराइएको भन्ने प्रश्नमा उप्रेतीले साना सहकारीपनि समेटिएको र आफ्ना गतिविधी पारदर्शी ढंगबाट सञ्चालन गर्ने संस्थालाई समेट्दै लैजाने बताए ।

नगठित एलायन्समा रामचन्द्र उप्रेती, टसबहादुर प्रधान, मोहन शिवाकोटी, रुद्रमणि श्रेष्ठ, दुर्गा खतिवडा, महेन्द्र गिरी र खोमप्रसाद बगाले रहेका छन् ।paribeshbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार