भस्टाचार रोक्न अस्ट्रेलियाबाट सिक्नु जरुरी छ – ओली

0
SHARES
41
VIEWS

भस्टाचार निर्मुलिकरण गर्न अस्ट्रेलियाबाट सिक्नु पर्ने इन्द्र ओलीले बताएका छन, नेपालमा गृह मन्त्रालयमा सफल कर्मचारीको रुपमा पहिचान बनाएका ओलीले बैदेशिक भ्रमणमा पुगेर यस्तो बताएका हुन, लामो समय नेपाल प्रहरीमा सेवा गरेका ओलीले अस्ट्रेलियामा भस्टाचार माथि हुने गरेको कार्वाहि र समस्या समाधानलाइ नजिकबाट नियालेको र नेपालमा देखिएको बेथितीलाइ रोक्न यस्तो धारणा राख्नु भएको हो। ओली यस्तो लेख्छन्।उनि भन्छन—-
भ्रष्टचारी लाई कार्वाही गर्न नागरिक को अग्रसर्ता आवश्यक ।
वर्तमान २०८० देखि पछाडी २०४६ सम्म पुग्न जरुरी छ ।

सन् १९९०को वसन्त ऋतुमा नेपाली जनता मध्ये अधिकांश पञ्चायती व्यवस्थाप्रति असहमति व्यक्त गर्दै काठमाडौंका सडकमा उत्रिएका थिए। नेपाली जनताले विश्वका थोरै सक्रिय राजतन्त्रमध्ये एकको शासनविरुद्ध र प्रजातन्त्रका पक्षमा आफ्नो आवाज बुलन्द पारेका थिए। अहिले आएर कसैकसैले त्यो जनआन्दोलन सुरू गर्नमा विदेशीहरूको हात रहेको थियो , अघोषित रुपमा अन्य धेरै को हात रहे पनि प्रत्यक्ष रुपमा भारतका चन्द्र सेखर को नेतृत्व रहेको थियो । त्यतिबेला जेसुकै हात भएपनि उक्साएको भएपनी नेपाली जनता लडे, नेपाली जनताले पीडा सहे र थुप्रै बलिदानी दिए। २०४६ भाद्र महिना मा वसेको चाक्सिवारीमा चन्द्रसेखर को उपस्थितिमा , गणेशमान सिहं को नेतृत्वमा भएको कार्ययिजना अनुसार २०४६ साल फागुन ७ गते बाट भएको शसक्त आन्दोलन मा नेपाली जनताले निरन्तर संर्घष रहयो अन्ततः पुर्ण प्रजातन्त्र प्राप्त भयो , दलमाथी को प्रतिबन्द प्यारा राजा श्री ५ विरेन्द्र वीरविक्रम शाह द्धारा घोष्णा गरिवबक्सियो । नेपाली जनता मा उत्साह उमंङ्गको सिमा नै रहेन ।

संविधान र संसदीय निर्वाचन:-
राजाले आफ्ना शक्ति नेताहरूलाई हस्तान्तरण गरे-हाम्रा नेताहरूलाई। एउटा नयाँ संविधान जारी भयो। वर्ष दिनपछि निर्वाचन भयो र नेपाली कांग्रेस को पहिलो निर्वाचित सरकार सत्तामा आयो, नेपाली जनता खुसी थिए। प्रजातान्त्रिक सरकारप्रति नेपाली जनताका धेरै आशा, अपेक्षा थिए। वर्षौंको एक नियन्त्रित जीवनपछि अब नेपाली जनताले आफ्नो मालिक आफै भएको महसूस गर्न पाइन्छ भन्ने आसा गरेका थिए । नेपाली जनताले चुनेको लोकतान्त्रीक सरकार नेपाल र नेपाली को भावना अनुरुप जनताको जीवन स्तर माथी पुग्छ भन्ने हर नागरिकमा भावना जागेको थियो । नेपाली को भाग्य र भविस्यको बाटो खुले पनी नेपाली काग्रेस र एमाले को एक अर्कामा गाली गलौज गरेर नाता गोतामा जान आउन समेत बन्द भयो , कलह भयो, २०४६ साल अगिका दिन हरु विर्षिएर कांग्रेस , कम्युनिष्ट त एक अर्काका विखालु सर्प छदै थिए , तर स्वय नेपाली काग्रेस भित्रको भ्रष्टचार अविस्वास को गुट उपगुट को सिमा नाग्यो ५ वर्ष बहुमद हुदा समेत तत्कालिन प्र म गिरिजा प्रसाद कोइराला र वर्तमान ने का का सभापती सेर बहादुर देउवा को जुङ्गा को लडाइले नेपाली जनताको दांत मा ढुङ्गो लाग्यो , गिरिजा ले मध्यवधी घोषणा गरे सरकार ढ्ल्यो , नेपाली जनताका सपना केवल कल्पना मात्र भयो , पांच वर्ष आफू आफू विच र एमाले लाई समेत विपक्षी दलको सम्मानमा यदि देस चलेको भए आज नेपाली कहाँ पुग्ने थियौ। तर नेपाली जनता पनि दासी बन्न पुग्यौ अहिले सम्म तिनै छुतकी नेताको फेर समातेर फेरि पनि भविश्य सोच्नु आफैमा मुर्खता हो ।

२०४६ देखि नेताको मनोमानी र भ्रष्टाचार:-

नयाँ संविधान र नयाँ सरकार- केही समयका लागि नेपाली जनताले उमंङ्ग आसा लीएका थिए । सबैकुरा राम्रै होला भन्ने मा थियौं । तर नेपाली जनता गलत सावित बनाइ दिए । अति छोटो समयमै नेताहरूप्रति नेपाली जनता वाक्क दिक्क र आजित हुन पुगियो । नेताहरूले झूठा वाचा गरी नेपाली जनतालाई मूर्ख बनाइ रहदा हामी मूर्ख बनी रहेका थियौं। जनतासित हातेमालो गरी देशनिर्माणको कार्यमा जुट्लान भन्ने थियो । तर उनीहरू गम्भीर नभएको महसूस नेपाली जनताले गर्न वाद्ध भयौं । उनीहरू खाली आफू सत्तामा कसरी जाने भनी संसद खरिद विक्री सम्म गर्न पछि परेन ।
आ-आफैभित्र फूट बढ्न ल्याए , एमाले पनि कांग्रेस को सिको सिक्यो । प्रजातन्त्र आए पछिका सुरूका दिनदेखि आज सम्म राजनीति अस्थिर किसिमको रहेको छ ।कुनै पनि सरकार ५ बर्ष टिकेन , सत्ता र मन्त्रीको हेरफेर चुनाव आदिले देस आज टाट पल्टिन पुग्यो तर पनि केही यिनका पिछुल्ला हरु स्विकार्न तयार छैनन । यी सबै सरकारहरू अस्थिर थिए, कमजोर थिए र भ्रष्ट थिए। त्यहि क्रम आज सम्म यथावत छ ।धमिजा काण्ड देखि भुटानी सर्णार्थी सम्मका काण्ड हेर्दा हजारौ काण्ड छन तर ती सबै काण्डमा प्रधानमन्त्री ,गृह मन्त्री, मन्त्री , सांसद र सचिव स्तरका कर्मचारी र तिनिहारुकै परिवार हुक्के चम्छे वैठके आदि नै सहभागी छन ।

यहाँ भ्रष्टचारका केही उदारण को रुपमा लिन सकिन्छ ।
[१] धमिजा काण्ड:-

२०४६ प्रजातन्त्र प्राप्त पछि को सबैभन्दा पहिलो ठूलो भ्रष्टाचार धमिजा काण्ड थियो । यो सन् १९९४ घटेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय मूलका एक बेलायती नागरिक दिनेश धमिजालाई राष्ट्रिय ध्वजावाहक शाही नेपाल वायुसेवा निगमका टिकट युरोपभर बेच्नका लागि एजेन्ट नियुक्त हुने गरी सम्झौता गरिएको थियो। यो सम्झौता ५५ करोड रूपैया बराबरको थियो। टेण्डर आह्वान नै नगरी किन सम्झौता गरिएको थियो । युरोपभरका लागि एउटै व्यक्तिलाई किन टिकट बेच्नका लागि एकाधिकार दिएको थियो । त्यसै ताका तत्कालीन सरकारमाथि शानेवानिका दुई बोइङ विमानलाई कौडीको भाउमा बेचेको आरोप पनि लागेको थियो । दुवै विमान मात्र १२ करोड रूपैयाँमा बेचिएका कुरा बाहिरिएको थियो । पछिसम्म ती दुवै विमान युरोपमा उडिरहेका थिए भन्ने कुरा सुन्न मा आएको थियो । शानेवानि व्यवस्थापन र सरकारमाथि चालू हालतमा रहेका ती दुई विमानलाई कौडीको भाउमा बेचेको आरोप लाग्यो। यसमा समलग्न कोइरालापुत्री सुजाता कोइराला र उनका जर्मन पतिसमेत यो कान्डमा संलग्न रहेका थिए यो काण्ड मा किन खोज विन हुदैन ?

[२] दोस्रो पजेरो काण्ड :-

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सन १९९५ एउटा विधेयक ल्यायो । माननीय संसद देखि विशिष्ट श्रेणीका सरकारी अधिकृतहरूलाई भन्सार करमा ९५ प्रतिशत छुट दिने नीति ल्याएर प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल २ सय ६५ सांसदहरूले यो सुविधा गाडी आयात गरे । अधिकांशले रोजेका थिए मित्सुबिसी पजेरो र टोयोटा प्राडो जसलाई बिना सुविधा किन्ने हो भने झण्डै ५० लाख रूपैया पर्थ्यो । अधिकांश सांसदले आफ्नो नाममा गाडी आयात गरी व्यापारीहरूलाई बेची उनी हरुबाट करोडौ कमिसन खाने यी २६५ लाई कार्वाही किन नगर्ने ?
विशिष्ठ श्रेणी गरि जम्मा ४०० गाढी आएको हुन यसको छनविन गरि कार्वाही होस ।यी सबै को नाम सार्वजानिक गरियोस ।
प्रजातन्त्र पुर्न बहालीको छ वर्षो अवधिमा नै नेपाली जनतामाझ धेरै असन्तुष्टी छायो, ३० वर्षो पञ्चायती शासनकालमा भन्दा बढी। भ्रष्टाचार र कुशासन ५/६ बर्षमै काग्रेस र एमालेले गरेका थिए । सकार को डाडु पुन्युमा ने का भए पनि एमाले त्यति जुको जस्तो टासिर ताली पिटि रहेको थियो ।

[३] चेज एयर काण्ड:-
सन १९९७ चेज एअरबाट विमान भाडामा लिने भनी त्यो तथाकथित कम्पनीलाई ७ लाख ८३ हजार अमेरिकी डलर भुक्तान गरि गरेको थियो । तर विमानको व पनि नेपालमा आएन। शानेवानिले कानुनी संर्घषामा एक लाख डलरभन्दा बढी खर्च गर्‍यो । तीन लाख डलरभन्दा बढी फिर्ता पाउन सकेन। पछि शानेवानिको व्यवस्थापनले तत्कालीन कार्यकारी अध्यक्ष हंगकंग रानालाई यो घटनाको जिम्मेवार रहेका थिए । जलविद्युत क्षेत्रमा पनि धेरै भ्रष्टाचार भए। कालिगण्डकी ए परियोजनामा फ्रान्सेली कम्पनी इम्प्रेजिलो स्पालाई सम्झौता सकिएको वर्षौंपछि भेरिएसन अर्डरमा ४ अर्ब ९४ करोड रूपैया भुक्तान गरियो।

[४] सुत्केरी औषधि काण्ड:-
सांसदहरूले नियमित गर्ने भ्रष्टाचारको नमूनाका रूपमा लिइएको अर्को उदाहरण, सन् १९९७-९८को चार महिनाको अवधिमा सांसदहरूको चिकित्सा भत्तावापत् ११ करोड रूपैयाँ खर्च गरेको पाइन्छ । सांसदहरूले देशभित्र र बाहिर उपचार गराएको भनी भत्ता लिई अर्कै काममा त्यो रकम खर्च गरेको बताइयो। केही सांसदहरूले स्वस्थ रहे पनि चिकित्सा सुविधा लिएको आरोप थियो । राजनीतिक कार्यकर्ताहरूलाई चिकित्सा सुविधा दिलाउन खडा गरिएको गृहमन्त्रालय अर्न्तर्गतको कोषलाई पनि सांसदहरूले छाडेनन्। फर्जी नाममा सांसदहरूले त्यस कोषबाट रकम निकाले। केही सांसदहरूले एउटा रोगको कारण बताई औषधिका रूपमा अर्कै रोगको उपचारमा प्रयोग हुने औषधिको नाम राखी सहयोग लिएपछि यो कान्ड चर्चामा आएको थियो ।
गृहमन्त्रालयको रेकड अनुसार ऋषिकेश शाह नामका एक सांसदले ५० हजार रूपैया मात्रै स्वीकृत भएको थियो तर पनि एक लाख रूपैया लिएको जानकार बताउछन । यो घटनाले मन्त्रालयका अधिकारीहरू समेत भ्रष्टाचारमा संलग्न रहेको तथ्य र्सार्वजनिक भएको थियो । उनीहरू नक्कली बिलवापत् गरिने भुक्तानका लागि कमिसन लिने गर्दथे। सन् १९९७, एमालेको सरकार, सी पी मैनाली आपुर्ति मन्त्री थिए ।त्यतिबेला भारतले कर नलगाई चिनी आयात गर्ने गर्दथ्यो। साल्ट ट्रेडिङले यसलाई निर्यात गर्ने गर्दथ्यो र प्राप्त नाफालाई नून तथा अन्य वस्तु आयात गर्न प्रयोग गर्दथ्यो। सरकारले फेरि पनि बिना टेण्डर यो सम्झौता एउटा निजी संस्थालाई दियो। केडिया समूहलाई ३० हजार मेटि्रक टन चिनी निर्यात गर्ने सम्झौता दिइयो। यस विषयमा प्रश्न उठाइन थाले। संसदको र्सार्वजनिक लेखा समितिले बयान लिएपछि उनलाई पदबाट हटाइयो। मैनालीले तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा भ्रष्टचार गरेको त बताए। तर, खोइ कार्वाही ?

[५ ] मल काण्ड :-

तल्कालिन मा मन्त्री पदमसुन्दर लावती सन् १९९८ मा मल कान्डमा मुछिए। मलको टेण्डर बढी बोल्न लगाउनेलाई दिइएको थियो । यसो किन गरियो ? भन्ने विषयमा केही व्याख्या गरिएको थिएन। र्सार्वजनिक लेखा समितिले यस विषयमा छानबिन गरेपछि लावतीविरुद्ध दायर गरिएको थियो ? यसकाण्डमा लावती मात्र त संलग्न मात्र छैनन खोजी किन नगर्ने ?
[६] लाउडा एयर काण्ड

तत्कालीम प्र म गिरिजाप्रसाद कोइराला अर्को भ्रष्टाचार गरे । यो काण्ड का विषयमा ७-८ महिनासम्म सबै पत्रपत्रिकाहरूमा समाचार छापियो तेति मै सिमित भयो कार्वाही भएन । अर्का उड्डयन मन्त्री तारिणीदत्त चटौतमाथि भ्रष्टाचारको अभियोग लाग्यो। यो काण्डमा अष्टेलिया लाउडा एअरलाई विमान भाडामा लिन चुनिएको थियो। यससँग सम्झौता टेण्डरबाट नभई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा प्रत्यक्ष वार्ताबाट भएको थियो। पछि कोइरालालाई संसदको र्सार्वजनिक लेखा समितिले यस्तो केसमा निर्देशन नदिन सचेत गरायो। मन्त्री चटौत र शानेवानिका प्रमुख हरिभक्त श्रेष्ठ समेत ले गिरिजा प्रसाद कोइराला को निर्देशनमा भ्रष्टचार गरेको ठहर भएको थोयो खोइ कार्वाही ?
यी त उदारण मात्र हुन २०७२ मा भुकम्प का नाममा , ६० हजार व्यक्ती लाई नागरिक्ता , प्रहरी सुडान काण्ड , कोरोना का नाममा , एमसिसी वालुवाटार जग्गा , ललिता निवास , ठेक्का पट्टा आदि आदि खोइ कार्वाही ? मात्र एउटा भुटानी शरणार्थिको घोटला मात्र वाहिरिदै छ कार्वाही हुन्छ वा हुदैन ?
देस टाट पल्टिदै छ भन्ने यी भ्रष्टचारी हरुको घर घर मा पुगेर यिनले लुटेको सम्पती आम नागरिक ले ल्याउने कि नल्याउने ? कृष्ण मोहरा, गोकुल वास्कोटा , विष्णु पौडेल , सिपि मैनाली , हिसिला यमि , विना राना मगर , कमल थापा ,वालकृस्ण खाड डा बाबू राम भट्टराई का अनुसार ( भट्टाराइ ले विभिन्न मिडियामा किटानी साथ ) प्रचण्डले गरेका अनियमिता यस्ता हजारौ व्यक्ती ले गरेको भ्रष्टचार गरि कुमल्याएको सम्पती अब असुल गरि राज्यकोषमा तत्काल जम्मा गर्न सबै नागरिक जुटौजागौ लागौ । अब कसैको मुख नताकौ , राष्ट्र पति को सुविधा कटायौ , ।
विगत २०४६ देखि आजका मिति सम्म का सबै लाई कार्वाही छानविन होस भनी अपिल गर छु । भ्रष्टचारी कार्वाही गर्न तह लगाउन नागरिक समाज को अग्रसर्ता आवश्यक छ ।
स्रोत :- नोट- ओली गृह मन्त्रालय का पुर्व कर्मचारी हुन, हाल अस्ट्रेलियामा बसोबास गर्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार