आसेपासेलाइ डाइभिङ तालिम-लक्षित बर्ग जिल्ल

0
SHARES
7
VIEWS

वडा कार्यालयले युवा लक्षीत कार्यक्रममा सहभागी गराउदा जनप्रतिनिधीका आफन्त र ‘आसेपासे’लाई तालिममा सहभागी गराएको पाइएको छ । पथरीशनिश्चरे ३ नम्वर वडाले अन्तरवार्ता नै लिएर ‘ड्राइभिङ्ग’तालिममा सहभागी छनौट गराएको थियो । सहभागीहरु जनप्रतिनिधी कै आफ्न्त र निकटका रहेको पाइएको हो ।
वडा कार्यालयले चैत्र २४ गते वडामा रहेका विपन्न तथा जेहेन्दार युवा तथा महिलालाई वडावासीलाई ‘ड्राइभिङ्ग’तालिममा सहभागीताका लागी आव्हान गरेको ७ दिने म्याद राखी सुचना प्रकाशित गरेको थियो । आवेदन पेश गर्न र आवेदक मध्ये वाट छनौट गरेकालाई सो तालिममा सहभागी गराइने वडा कार्यालयले जनाएको थियो ।
सोहि तालिममा सहभागी हुनेको संख्या वढी भएको भन्दै वडा कार्यालयले वैशाख १२ गते अन्तरवार्ताबाट तालिममा सहभागी हुनेको नाम तय गरिने सुचना प्रकाशित गरि वैशाख १६ गते शनिवार अन्तरवार्ताको मिती तोकिएको थियो ।
वडा कार्यालयले वैसाख १७ गते प्रकाशित गरेको लिष्टमा मापदण्ड भन्दा बाहिरका परेको भन्दै बडा वासीले असन्तुष्टी व्याक्त गरेका छन् ।
वडा कार्यालयले प्रकाशित गरेका लिष्टमा नेवि संघका नेताको समेत तालिममा सहभागीको रुपमा नाम प्रकाशित गरिएको छ । श्रोतका अनुसार वडा कार्यालयको छनौटकर्ता नेपाली काग्रेस निकट एक विद्यार्थी नेता रहेका थिए । उनैले नेवि संघ पथरीशनिश्चरेका नगर सभापती सागर बराल र अर्का नेवि संघकै नेता केदार वजगाँईलाई तालिम सहभागीका रुपमा छनौट गरेका छन् । नेपाल तरुण दलको वडा सचिव रहेका उज्जल ढकाल समेत सो तालिममा सहभागीका रुपमा छनौट भएका छन् । त्यसै गरि वडाका काग्रेस नेता गोविन्द दंगालकी श्रीमती तिलरुपा कोइराला अन्तरवार्ता वाट छनौट सुचीमा परेकी छन् । वडा सदस्य झन्केश्वरी अधिकारीका भाइ राजेन्द्र पोख्रेल समेत सो तालिममा सहभागीका रुपमा छनौट भएका छन् ।
तालिममा सहभागीका लागी आर्थिक अवस्था कमजोर युवा तथा महिलालाई सहभागी गराउने भनिएर सुचना गरिएपनि सो वर्गका लाई नभइ जनप्रतिनिधीका आफ्न्त र आसेपासेलाई तालिममा सहभागी गराउने प्रक्रिया थालिएपछि सोको विरोध समेत भएको छ । सामाजिक सञ्जालमै केहिले यसको विरोध गरेका छन् । वडा अध्यक्ष विजय लिम्वु भने यस विषयमा प्रतिक्रिया जनाउने पक्षमा रहेका छैनन् । तालिममा सहभागी हुने छनौटमा परेकाहरु आफै गाडि खरिद गरेर कुदाउने हैसियत सम्मका रहेका छन् । वडाले विपन्नका लागी भनेर ल्याएको तालिममा आफ्न्त र आसेपासेलाई सहभागी गराइएपछि यसको प्रभावकारीतामा प्रश्न चिन्ह उठेको छ ।उज्जालोले समाचार लेखेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार