दमकमा गोली चल्यो -प्रहरी सहित आन्दोलनकारी घाइते

0
SHARES
197
VIEWS

कोशी प्रदेशको नामकरणको बिषयमा असन्तुष्टि जनाउदै दमकमा मंगलवार साँझ भएको राँके जुलसले दमकको मुख्य गणतन्त्र चोक र आसपासको क्षेत्र तनावग्रस्त भएको छ । राँके जुलस निकाल्ने र प्रहरीबीच दोहोरो झडप भएको छ ।

आधादर्जन भन्दा बढि प्रहरी र त्यति नै संख्यामा प्रर्दशनकारीहरु पनि घाईते भएको जनाईएको छ । घाईतेहरुको दमकस्थित लाइफलाइन अस्पताल र दमक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले वल प्रयोग गर्ने क्रममा हानेको छर्राले लागेर दूई प्रदर्शनकारी घाईते बनेकाछन् ।

प्रहरीलाई ग्याटिस, ढुंगा र राँकोले प्रर्दशनकारीहरुले हान्दा प्रहरीहरु घाईते बनेको जनाईएको छ । एक घण्टाभन्दा बढि प्रर्दशनकारीहरुले गणतन्त्र चोकमा राँको र सडकमा आगो बालेर प्रदर्शन गरेका थिए । प्रहरीले अश्रू ग्याँस र छर्रा प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार