मेयरलाइ टेरेनन भद्रपुरको पुहांतु जनज्योती का अध्यक्ष ले

0
SHARES
9
VIEWS

झापाको एक सामुदायिक विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनलाई उल्लङ्घन गर्दै पाँच जना शिक्षकलाई हाजिर हुन दिएको छैन ।

झापा भद्रपुर–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिले शिक्षकहरू सृजना प्रसाईं, कमला राई, सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई विद्यालयमा हाजिर हुन नदिएको हो । व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनलाई उल्लङ्घन गर्दै शिक्षकलाई हाजिर हुन नदिएको पीडितहरू बताउँछन् । भद्रपुर नगरपालिका कार्यालयमा वैशाख १२ गते भएको सहमतिअनुसार शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय झापाले वैशाख २० गते पत्र नै लेखेर शिक्षकहरूलाई हाजिर गराउन भने पनि व्यवस्थापन समितिका अध्यक्ष मिश्रको ठाडो निर्देशनमा विद्यालयका पाँचजना शिक्षकहरूलाई हाजिर नगराएको पीडित शिक्षकहरूले बताए ।

वर्तमान कानूनले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ र अभिलेखीकरणसहित प्रशासनिक काम शिक्षा समन्वय इकाइले गर्छ तर, यी दुवै निकायको निर्देशन नमान्ने अडानमा व्यवस्थापन समितिका अध्यक्ष मिश्र छन् । नयाँ शैक्षिक सत्र सुरु भए पनि वैशाख ५ गतेदेखि नै हाजिर हुन नदिइएको हो ।

विद्यालय व्यवस्थापन समितिले निमावि तहका शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेपछि त्यसको विरोध गर्दै मावि शिक्षिका प्रसाईंले उच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् । अदालतले पोखरेललाई प्रधानाध्यापकका रूपमा काम नगर्नू भनी रोक लगाएपछि व्यवस्थापन समितिले सोही विद्यालयकी मावि तहकी वरिष्ठ शिक्षक कौशल्यादेवी आचार्यलाई प्रधानाध्यापक नियुक्त गर्न बाध्य भएको थियो । आचार्यलाई प्रधानाध्यापक नियुक्त गरेपछि प्रसाईंसहित पाँचजना शिक्षकहरूले त्यसको स्वागतसमेत गरेका थिए ।

तर, व्यवस्थापन समितिको निमावि तहका शिक्षक पोखरेललाई प्रधानाध्यापक बनाउने निर्णय नमानेको र अदालतमार्फत् निर्णय उल्टाएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष मिश्र र शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्ञानेन्द्र कटुवालले शिक्षक प्रसाईं र डिल्लीराम अधिकारीलाई हाजिर हुन रोक लगाएको हो । शिक्षक प्रसार्इं र अधिकारीलाई साथ दिँदै अन्य तीन शिक्षिका राई, पौडेल र सर्मिला अधिकारीले हाजिर नगरी व्यवस्थापन समितिलाई सबैलाई हाजिर गराउन दबाव दिँदै आएका छन् ।

कानूनको धज्जी उडाउँदै शिक्षकहरूलाई हाजिर हुन नदिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्रले पाँच शिक्षकलाई हाजिर गर्न ५० लाख रकम माग गरेको यसअघि नै सार्वजनिक भइसकेको छ । सहमति भएअनुसार लिखित पत्र लिएर विद्यालय गए पनि हाजिर नगराएको पीडित शिक्षिका प्रसाईंले बताइन् । अभिभावकलगायत बाल क्लबलाई उचालेर नगरपालिका र समन्वय इकाइको निर्णय नमान्नु अचम्म लागेको उनीहरूको भनाइ छ । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्र र अभिभावक सङ्घका अध्यक्ष कटवालसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

समन्वय इकाइ र नगरपालिकाको निर्देशन नमान्नु विद्यालयको दादागिरी भएको नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । सर्वदलीय, सर्वपक्षीय भेलाबाट भएको सहमति विद्यालयले नमान्नु गैरजिम्मेवारपन भएको उनको भनाइ छ । नियम नमानेमा समस्याको विकल्प अर्को ल्याइने उनले बताए । मेयरसहितको छलफलमा भएको सहमति मान्नैै पर्ने मेयर गणेश पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारीले समेत चासो लिइसकेको हुँदा यो समस्या चाँडै टुङ्गो लगाइने उनले जानकारी दिए । ब्लास्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार