बेकरी उद्दोगको भवन भत्काइयो …सन्चालक राजबंसीले गरे जेसिभी तोडफोड

0
SHARES
51
VIEWS

राजकुमार ओली

प्रहरीले विर्तामोडको प्रशंसा बेकरी उद्दोगको भवन भत्काइदिएको छ ।आज शनिवार विर्तामोड ४ अन्नपुर्ण चोकमा रहेको प्रशंसा वेकरी उद्दोगको भवन प्रहरीले भत्काइदिएको हो ।

विर्तामोड नगरपालिका बडा नम्वर ४ का वडा अध्यक्ष राहुल शर्माको रोहवरमा सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको जमिनमा बनेको प्रशंसा वेकरी प्रहरीले भत्काइदिएको छ ।

सामुदायिक प्रहरीले लिजमा दिएको जमिनमा विर्तामोडका रमेश राजबंसीले वेकरी उद्दोग सन्चालन गरेको र लिज सम्झौता सम्पन्न भएपछि पनि जवरजस्ती उद्दोग सन्चालन गरिरहेपछि प्रहरीको सहयोग लिएर जमिन खाली गराएको अध्यक्ष उत्तम खनालले बताउनुभएको छ ।

राजबंसीले विगत ८ वर्ष अघि लिजमा लिएर उद्दोग सन्चालन गरेको र लिज सम्झौता सकिएपछि पनि जमिन खाली नगरेपछि ,साुमुदायिक प्रहरीले जमिन खाली गर्न पटक पटक अनुरोध गरेको भएपनि अटेर गरेपपछि विर्तामोड नगरपालिका र प्रहरीको सहयोग लिएर जमिन खाली गराएको अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।
लिखित तथा मौखिक रुपमा जमिन खाली गराउन सामुदायिक प्रहरीले अनुरोध गरेपनि सन्चालक राजबंसीले झापा जिल्ला अदालत गएर मुद्दा हाल्दै इस्टे अर्डर लिएर आएको र हाल कानुनी प्रक्रिया सकेर सामुदायिक प्रहरीले भवन भत्काएको महासचिव लक्ष्मी गौतमले जानकारी दिनुभएको हो ।

उता राजबंसीले आफुले जमिन लिजमा लिएर भवन बनाएको र बेकरी उद्दोग सन्चालन गरेकोले उक्त जमिन को क्षतिपुर्ती दिन आफु तयार भएको तर सामुदायिक प्रहरीले जमिन नवेचेकोले आफुलाइ ठुलो क्षति भएको जानकारी दिएकाछन ।

आफुले सस्थांको जमिन छोेडन नचाहिएको भएपनि प्रहरीले आफुलाइ जवरजस्ती भवन हटाउन दवाव
दिएको राजबंसीको आरोप छ ।सवा ६ धुर जमिनलाइ राजबंसीले लिजमा लिएर हड्पन खोजेपछि बाध्य भएर जमिन खाली गराउनुु परेको उपाध्यक्ष सन्जिव चापाँगाइले बताउनुभयो ।
विर्तामोड चोकबाट ५सय मिटर दक्षिण पश्चिम पुरानो अन्नपुर्ण हल नजिकमा रहेको जमिनमा सामुदायिक प्रहरी सेवा केन्द्रले दशकर्म भवन र हल बनाउन चाहेको अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।
उता राजबंसीले आफुले २ करोड लगानी गरि बेकरी उद्दोग सन्चालन गरेको र २५ जना लाइ रोजगारी दिएको तर हाल प्रहरीको जमिन आफुलाइ खरिद गर्न नदिएको कारण अन्यायमा परेको बताउनुभएको छ ।भवन भत्काउदा राजबंसीले प्रतिकार गदैै जेसिवी मा तोडफोड गरेका थिए भने हिजो मात्रै अध्यक्ष उत्तम खनाललाइ अभ्रद सार्वजनिक गाली गलौज समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार